१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

काठमाण्डौं । साल्ट ट्रेटिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सत्यानका तत्कालीन जुनियर सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार बुधबार पासवानविरुद्ध १८ लाख, ७६ हजार ६६४ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।

पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा आफूखुशी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको भन्दै निजबाटै असुल उपर मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको प्रवक्ता रिसालले जानकारी दिनुभयो ।

पासवानमाथि भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार मुद्दा दायर भएको प्रवक्ता रिसालको भनाइ छ । पासवानले मलकोे नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा रकम हिनामिना गरेको खुलेको अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम