ताजा अपडेट »

कालिज पालनको सफलताले युवाहरुमा बढ्दै कृषि मोह

बुधबार, २८ पुस २०७८, १६ : ५७
6 Shares

दाङ । लुम्बिनी प्रदेशको दाङमा युवाहरु कालिज पालन व्यवसायतर्फ आर्षित भएका छन् । थोरै लगानी, मेहनत कम र फाइँदा धेरै हुने देखेपछि युवाहरु यसतर्फ आर्षित भएका हुन् । पछिल्लो समय कालिजको बजार माग पनि राम्रो हुँदै गएकाले यो ब्यबसायको आकर्षण बढ्न थालेको उनीहरु बताउँछन् । दाङका दुई युवा २९ वर्षीय सन्दिप लम्साल र २३ वर्षीय मेघराज खड्काले लाखौ रकम लगानी गर्दै व्यवसायीक कालिज पालनमा लागेका छन् ।

दाङको घोराही उपमहानगरपालिका-१२ डाडा गाँउमा सन्दिप लम्सालले गरेको समृद्धि कालिज फार्म फष्टाउँदै गएको छ । युटुवमा हेरेर यो व्यवसाय गर्ने प्रेरणा मिलेको बताउँने उनले आफ्नो पेसाबाट सन्तुष्ट रहेको उल्लेख गरे । कृषिमा युवाहरुको आकर्षण बढ्नु सकारात्मक भए पनि सरकारी क्षेत्रबाट कुनै अनुदान तथा प्रोत्साहतका कार्यक्रमहरु नगन्यमात्रा भएको उनको गुनसो छ । ‘जिल्लामा कृषकहरुले सञ्चालन गरेका विभिन्न कृषि फर्मका व्यक्तिहरुले समेत आफूहरुलाई सरकारी क्षेत्रबाट सहयोग गर अनुदान लगायतका कार्यक्रमहरु नगन्यमात्रा हुने गरे बताउँने गर्दछन् ।’-सन्दिपले भने, ‘कृषिमा सम्भावना देखेका युवाहरुलाई सरकारले साथ दिने हो भने स्वरोजगार तथा रोजगार सिर्जनामा थप टेवा पुग्ने थियो ।’

आफूले १५ लाख लगानीबाट सुरुगरेको कालिज पालन व्यवसायमा हालसम्म कुनै पनि सरकारी अनुदान प्राप्त नभएको उनले बताए । राजनीतिक पहुँचको भरमा सबै काम हुनेहुँदा बास्तविक कृषको हातमा अनुदान पर्न मुस्किल हुने गरेको बताउँदै उनले आफूले पनि अनुदान पाउने कुरामा विश्वास नलागेरै हालसम्म कुनै प्रकृया समेत नचालेको उल्लेख गरे । यसैगरी अनुदानका लागि तयार पार्नु पार्ने विभिन्न काजगी प्रक्रियाहरु समेत सामान्य कृषकले बुझ्न सक्नेगरी नभई झन्झटिलो हुने गरेको उनले बताए ।

आफ्नै लागनीमा कालिज पालनमा लागेका उनीहरुले फर्मलाई थप व्यवस्थित गर्दै लैजाने योजना बनाएका छन् । कालि पालनका लागि घाम पानी केहिले पनि असर नगर्ने हुँदा सजिलो हुने तथा यसको मासुमा बोसो कम हुनेहुँदा स्वस्थकर पनि मानिने उनको दाबी छ । यसको मासुले मुटु रोगीहरुको लागि निकै फाइदाजनक रहेकोले यसको बजार माग बढेको कृषकहरु बताउँछन् । औषध आयु ५ वर्षको हुने कालिज मासुका लागि बिक्री गर्ने अवस्थामा आउन करिब ८ देखि ९ महिना लाग्ने गर्दछ । आफू यो व्यवसायमा लागेका कारण अन्य युवाहरुलाई पनि वैदेशिक रोजगारमा गएर रगत पसिना बगाउनुभन्दा आफ्नै देशमा कृषि पेसा गरेर बस्न उनले सुझाव दिने गरेका छन् ।

कालिजले विदेश मोह भुलेका युवा व्यवसायी मेघराज खड्का

यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका-४ सोलाबाङका मेघराज खड्का पनि सानैदेखि बुवाले गरेको खेती हेर्दै हुर्किएका ब्यक्ति हुन् । पारिवारीक वातावरण पनि कृषि पेशानै भएका कारण मेघराज कालिज पालन मार्फत कृषि पेसामा थप व्यवसायीक बन्दै गएका छन् । ‘अस्ट्रेलियाको भिसा लागेको थियो, जाने तयारी हुँदै गर्दा कोरोना महामारी सुरू भयो । भिसाको म्याद गुज्रियो त्यसकारण केही समय तनाव पनि भयो ।’–व्यवसायिक कालिज पानल गर्नुभन्दा पहिलो घटना सुनाउँदे उनले भने ‘मनमा अब यतै केहि गर्छु भन्ने सोच आयो र कालिज पालनमा लागे ।’

घोराही बजारदेखि करिब ४ किलोमिटर दक्षिणमा रहेको घोराही उपमहानगरपालिका–१७ को कर्जाही क्षेत्र जुन विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको स्थान पनि हो । प्राचिन र धार्मिक मन्दिर धारापानी जाने बाटोमै पर्छ । त्यहि बाटोमै उनले दुई बिघा जमिन दश वर्षका लागि भाडामा लिएर आफ्नै नाममा एम.के. मल्टिपर्पाेज प्रालि दर्ता गरी कृषिमा होमिएका छन् । कुनै समय विदेशीने भूतले छोपको उनलाई अहिलेभन्ने कृषि मोहले स्वदेशमै केही गर्नु पर्ने दृढता जागेको छ । ‘हामी जस्ता युवा देशमै केहि गर्नुपर्छ ।’–उनले हरेक युवाहरुलाई भेट्दा प्राय यही बाक्य दोहोर्याउने गरेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी