ताजा अपडेट »

एमालेको जिल्ला अधिवेशन र युवा सहभागिता

शुक्रबार, २३ पुस २०७८, १२ : ०६
32 Shares

यहि पौष२३ गते नेकपा एमालेले एकै पटक नेपाल भरि ७७ जिल्लामा जिल्ला अधिवशन गदैछ । नेकपा विभाजन पछि पहिलो पटक हुन लागेको यस अधिवेशन पार्टी जिवनका निम्ति छुट्टै महत्व छ । नजिकै गरेको स्थानीय तहको निर्वाचन त्यस पछि संघ र प्रदेशको निवार्चनको लागि पनि यसले विशेष अर्थ राख्दछ ।

वडा, पालिका साथै राष्ट्रिय विधान सम्मेलन र १० औ राष्ट्रिय महाधिवेशन सम्पन गरे पछि हुन लागेको यस जिल्ला अधिवेशनमा कस्तोकमिटी बन्छ? त्यसमायुवालाई कसरी र कस्तो भुमिका प्रदान गरिन्छ? युवाहरुलाई कसरी प्रतिनिधित्व गराइन्छ ? त्यो प्रमुख प्रश्न हो । जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने उमेर सहभागिताले नै पार्टी कुन उमेर समुहले नेतृत्व गदै छ । कसरी पार्टीले जिल्ला स्तर देखि भावि नेतृत्व उत्पादन गरिरहेको र कुन दिशातर्फ अघि बढ्दै छ । जस्ता कुराले पाटि भविष्य निधारण गर्छ ।

यो बिचको अवधिमा नेकपा एमालेको आन्तरिक जिवनमा धेरै उतरचढाव भोगेको छ । नेकपा एमाले र नेकपा माओवादीको एकता भै नेकपाको निमार्ण, फेरी पाटि ३ भागमा विभाजन, केन्द्र र प्रदेशमा नेकपाको सरकार निमार्ण र बिगठन भएको अवस्था छ । त्यस्तै जिल्ला स्तरमापुर्व माओवादी र अन्य पाटि परित्याग गरि आएका नेताहरुलाई उचित व्यवस्थापन गर्न आवश्यक देखिन्छ । जसले गर्दा नेकपा एमालेको जिल्ला अधिवेशनमा कमिटी निमार्ण गर्दा सहमति हुर्दावा चुनाव प्रकृया हुर्दा पार्टीमा युवाहरुको पनि व्यवस्थापन गर्न जरुरी देखिन्छ ।

आजका यि युवाहरु नै भविष्यमा पाटिको नेतृत्वदायी भुमिकामा पुगेर पार्टी गतिबिधिलाई जिवन्त राख्न मद्दत गर्ने भएकाले युवाहरुको विशेष सहभागितामा जोड दिन जरुरी देखिन्छ । त्यसका लागि युवाहरुलाई उपयुक्त भुमिका दिएर जिल्ला कमिटीमा ल्याउन पर्छ । यद्दापि नेकपा एमाले ले निश्चित प्रतिशत युवाको सहभागिता सुरक्षित गरेको छ । तर ति जिल्ला कमिटीको सदस्यमा मात्र नभएर जिल्ला कमिटीको प्रदाधिकारी, सचिवालय सदस्यमा पनि सहभागिता सुनिश्चितता गर्न आवश्यक देखिन्छ ।

आजको नेकपा एमाले यो अवस्थासम्म आइपुगदा विभिन्न आरोह अवरोह, मेल, विभाजन हुदै विभिन्न समुहहरुको छिस्मीसे सहभागिताको रुप नै आजको एमाले हो । तिविभिन्न समुहहरुलाई विभिन्न काखण्डमा नेतृत्वदायी भुमिका खेल्ने युवाहरु नै थिए। २००७, २०४६ र २०६२÷६३ सालका आन्दोलनहरु जसले १०४ वर्षिय राणा शासन, निर्दलिय पञ्चायती व्यवस्था र अढाई सय लामो एकात्मक राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गदै सङ्घिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको निम्ति नेकपाएमालेका नेता कार्यकर्ताहरुको आहुतियुक्त बलिदान र सघर्षपुर्ण इतिहास रहेको छ । ति क्रान्तिका अधिकाश नायक÷नायीका युवाहरु नैथिए ।

पार्टी निमार्ण गर्दा पहिलो र दोस्रो पुस्ताहरु नै पाटि केन्द्रिय नेतृत्वमा छन् । तर यसपालिको १० औ राष्ट्रिय महाधिवेशनले युवा पुस्ताहरुका लागि ढोकाहरु खुलिदिएको छ । विभिन्न भातृ संगठनबाट युवाहरुको उत्साह पुर्ण सहभागिता रहेको छ । अवयुवाहरुलाई पाटिले जिल्लामा महत्वपूर्ण भुमिका दिएर स्थानीय जिल्ला स्तरबाटै नेतृत्व विकास गदै केन्द्रिय तहमा लैजान जरुरी देखिन्छ ।

यस अघिका जिल्ला अधिवेशनमा ८० देखि ९० प्रतिशत ४० वर्ष भन्दा माथिका उमेरसमुहबाट जिल्ला कमिटीमा प्रतिनिधित्व भएको देखिन्छ । अब पनि जिल्ला अधिवेशनमा ४० वर्ष उमेर समुह माथिका प्रदाधिकारी बन्ने सम्भावना बढि छ । यस्तो अवस्थामा युवाहरुलाई मात्र सहभागिताको निम्ति सहभागिताहो कि, भन्ने प्रश्न उठ्न सक्छ । यदि पाटिले साच्चिकै युवा सहभागिता चाहेको हो भने ४० वर्ष मुनि समुहलाई समग्रमा नराखेर ४० वर्ष मुनि र ३० वर्ष मुनिभनेर उमेर समुह विभाजन गरि त्यसमा पनि कलस्टर अनुसार समानुपातिक रुपमा सहभागितामा जोड दिनुपर्छ । नेकपा एमालेको पाटि जिवनमा भातृ संगठनहरु जस्तै अनेरास्ववियु, युवा सघ नेपाल, खेलकुद महासंघ र विभिन्नभातृ संगठनका युवाहरुलाई जिल्ला कमिटीमा अवसर दिनै पर्छ ।

नेकपा एमालेको गोदावारीमा सम्पन्न विधान महाधिवेसनबाट पारित नेपालको संविधान अनुरुप ९ वटा क्लष्टर छुट्याएको छ । जसमा महिला, आदिवासीजनजाती, मधेशी, दलित, थारु, मुस्लिम, श्रमिक, पिछडिएको क्षेत्र र भौगोलिक क्षेत्रहरु रहेका छन् । जसलाई समावेशी सिद्धान्त अनुसार राम्रो सुरुवात मान्नु पर्छ । तर विगतको समावेशिताको इतिहासलाई हेर्दा समावेशीताको फाइदा केहि उमेर समुहले मात्र उपयोग गरेको देखिन्छ । तसर्थ हामीले ति क्लष्टरहरुमा अनिवार्य युवा सहभागिता बनाउन जरुरी छ ।

अधिकांश देशहरुमा १५ देखि ३५ वर्षको उमेर समुहलाई युवा मानेको छ । तर, नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवानीति, २०७२ ले १६ देखि ४० उमेर समुहलाई युवा समुहनिर्धारण गरेको छ । जुन २०६८ को जनगणना अनुसार ४०.३५ प्रतिशत रहेको छ । नेकपा एमालेलाई अबको प्रश्न ४०.३५ प्रतिशतप्रतिनिधिगने युवाअहिले १५ प्रतिशत छुट्टयाइएको छ, यो थोरै हो । तर यसलाई सकारात्मकपहलको रुपमालिन सकिन्छ । किनकीयसले केहि भएपनि अहिलै बाट नेतृत्व तयार गदै अघि बढ्न मद्दत गर्छ ।

युवा नेतृत्वसँग बारगिनिङ्ग गर्न आवश्यक
सहि समयमा बोल्न आवश्यक हुन्छ । समय ढल्के सकेपछि त्यसको त्यति भ्यालु वा औचित्य हुदैन । तसर्थ युवा नेताहरुले युवा पुस्ता समुहिक आउने मार्ग निमार्ण गर्न आवश्यक छ । युवा पुस्ताहरुले पाटिका विभिन्न भातृ संगठन, पार्टीको वडा, नगर, क्षेत्र, जिल्लातहमा आइ पुग्दा निश्चित उमेर ढल्कि सकेको हुन्छ थाहा नै हुदैन । युवाहरुलाई समयमा नै पार्टीको नेतृत्वमा पुग्न सक्ने मार्ग बनाउन जरुरी छ ।

आज विभन्न पाटिका युवा उमेर समुह नागिसकेका नेताहरु पार्टीका भातृ संगठन विद्यार्थी, युवा संगठनहरुमा प्रतिस्पर्धा गरिरहेका पाउछौ, त्यो एकदमै दुखित खबर हो । ४० वर्षसम्म पार्टीको भातृ संगठनमा काम गरेका युवाहरु कहिले पार्टीको केन्द्रिय कमिटीमा आएर नेतृत्वमा पुग्ने ?आज युवाको अघि गम्भिर प्रश्न आएर ठडिएको छ । ति प्रश्नको उत्तर खोज्न आवश्यक छ ।

युवाहरुले मौनता तोड्न जरुरी छ
यो जिल्ला अधिवेशनमा युवाहरुले आफ्नो सहभागिताबारे चुनौति लिन जरुरी देखिन्छ । मिति नजिकै गर्दा पनि युवाहरु त्यति त्यति खुल्न सकिरहेका छै्रनन् । समयमा खेति गरे राम्रो भन्ने नेपाली उखान झै यो जिल्ला अधिवेशनमा युवाहरुले आफ्नो आवाज उठाउन जरुरी छ । यो मुल्यवान समय खेर गयो भने फेरी ४ देखि ५ वर्ष कुर्नु पर्ने देखिन्छ ।

तसर्थ पार्टीले पनि युवा सहभागिताको निम्ति निश्चित प्रतिशत छुट्टाएको त्यो सँगै अन्य माध्यमबाट युवा सहभागिता गराइर्नु पर्छ । आखिरमा यी युवा पुस्ताले त हो पाटि जोगाउने । तसर्थ युवा सहभागिताको निम्ति पाटिले अव बन्ने केन्द्रिय कमिटीमा सहमति हुर्दा वा चुनाव हुदा कम्ति पदाधिकारी, सचिवालय सदस्यमा सहभागिता निश्चित गर्न आवश्यक छ ।

अन्तमा आजको युवाहरु भोलिका पाटि र पाटिबाट प्रतिनिधित्व गर्ने नेतृत्व भएकाले उनिहरुलाई स्थानिय तहबाटै पार्टीले निखार्दै अघि बढ्न मद्दत गनै पर्छ । त्यसकै लागि जिल्ला कमिटी उपयुक्त स्थान माध्य एक हो । पार्टी जिवन्त र चलायमान राख्न युवा सहभागितामा जोड दिनै पर्छ । युवा सहभागिता भित्र पनि विभिन्न कलष्टरमा पनि ध्यान दिन आवश्यक छ । (लेखक अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य हुन् )

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।