ताजा अपडेट »

तिलोत्तमाको भलवारी जेसिज अध्यक्षमा किशोर पंगेनी

विहीबार, २२ पुस २०७८, २० : २५
2 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा गठित भलवारी जेसीसको अध्यक्षमा किशोर पंगेनी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न १९ औं शाखा अधिवेशनबाट अध्यक्षमा पंगेनीसहित सिंगो कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

भलवारी जेसिज सन् २०२२ को लागि कार्यकारिणी उपाध्यक्ष पदमा भुवन नेपाल र प्रताप भण्डारी उपाध्यक्ष पदमा अमित पंगेनी, डिलराज तिवारी, मिनप्रसाद तिवारी र सुलभ कार्कीलाई चयन गरिएको छ । त्यसैगरी सहसचिव पदमा रमेश खनाल र सहकोषाध्यक्ष पदमा अञ्जली पौडेललाई चयन गरिएको छ ।

जेसिज विधानमा महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकार अध्यक्ष मनोनित गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष पंगेनीले जेसीसको विधान अनुसार सबैलाई समेट्ने र सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।