ताजा अपडेट »

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट: छानबिन गर्न समिति गठन

विहीबार, २२ पुस २०७८, १५ : २६
2 Shares

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयको मूल गेटमा सञ्चालन गर्न बतास समूहलाई दिइएको रोयल बगैंचा रेष्टुरेन्ट ठेक्का प्रक्रियाको छानबिनका लागि समिति गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरेका हुन् । उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका छन् ।

समितिलाई दरबार सङ्ग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । रेस्टुरेन्ट संचालनका लागि ०७७ पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखराको बतास समूहको बी म्यानेजमेन्टलाई तीन वर्षका लागि ठेक्का सम्झौता गरेका थिए । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भएपछि मन्त्री आलेकाे निर्देशनमा निर्माण कार्य रोक लगाइएको थियाे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।