ताजा अपडेट »

४३ लाखले लिए प्यान नम्बर, चार महिनामै तीन लाख थपिए

विहीबार, २२ पुस २०७८, १४ : ०५
4 Shares

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ । विभिन्न सरकारी कामका साथै तलबभत्ता भुक्तानीमा लागि समेत प्यान अनिवार्य गरे पछि प्यान लिने सर्वसाधारण बढ्दै गएका हुन् ।  

अर्थ मन्त्रालयका अनुसार २०७८ कात्तिकसम्ममा प्यान नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार नाै सय ३७ पुगेको छ । २०७८ असारसम्ममा प्यान लिनेको संख्या ४० लाख ६३ हजार एक सय ३१ थियो । चालु आवको चार महिनामा प्यान लिने तीन लाखले बढेका छन् ।  

सरकारले एक हजारभन्दा माथिको भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेको छ । यसैगरी विभिन्न सरकारी कामका लागि समेत प्यान अनिवार्य गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।