ताजा अपडेट »

पुसको ठण्डी जस्तै चिसिएको जितु र फुलन्देको आमाको सम्बन्ध

बुधबार, २१ पुस २०७८, २१ : ०४
4 Shares

काठमाण्डौं । केही समय अघिसम्म नेपाल टेलिभिजनबाट प्रसारण भएको र चर्चा कमाउन सफल कार्यक्रम हो 'मुन्द्रेको कमेडी क्लब' । तर, यो कार्यक्रम अहिले बन्द छ । कार्यक्रमका विषयमा देखिएको विवाद केही समय अघिसम्म सामाजिक सञ्जाल र समाचारमा छाइरहेका थिए ।

'मुन्द्रेको कमेडी क्लब' बन्द हुनाको पछाडि उक्त शोका प्रमुख पात्र मध्येका एक उमेश राई अर्थात 'फुलन्देको आमा' भएको चर्चासमेत चलेको थियो । कार्यक्रमका सञ्चालक जितु नेपालले पत्रकार सम्मेलन आयोजना गरेर नै राईले बिना जानकारी शो छाडेको बताए। दुवैको वाकयुद्ध केहि समय सञ्चारमाध्यमहरुमा देखिएको थियो । यतिबेला उमेश 'डान्स च्याम्पियन' को होस्टको रुपमा रहेका छन्। डान्स च्याम्पियन पनि मुन्द्रेको कमेडी क्लब निर्माण गरेको कम्पनीले बनाएको हो । 

जितु फेरि मुन्द्रेको कमेडी क्लब संचालनको तयारीमा रहँदा फुलन्देको आमा भने अर्को शोसंग पनि जोडिएका छन् । उक्त कार्यक्रमको घोषणा समारोहमा फुलन्देको आमालाई मुन्द्रेको कमेडी क्लबको नयाँ स्वरूप र यसको उपस्थितिको बारेको सोधिएको थियो । उनले आफूलाई उक्त शोको बारेमा जानकारी नभएको र कुनै सम्पर्क समेत नभएको बताएका छन् । यसबाट पनि जितु र उनको सम्बन्ध चिसिएको प्रस्ट हुन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।