ताजा अपडेट »

मदिरा सेवन गरेर झगडा गर्दा घाइते भएका नवलपरासीका युवकको भैरहवामा मृत्यु

सोमबार, १९ पुस २०७८, १७ : ३८
6 Shares

परासी । मदिरा सेवन गरेर झगडा हुँदा घाइते भएका एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरेर होहल्ला गर्नेक्रममा नवलपारसीको बर्दघाट संसारकोट र सुखौराका युवाहरु बीच झगडा हुँदा दाउराले टाउकोमा हानेर गम्भिर घाइते भएका बर्दघाटका–२ को पहाडीक्षेत्र सुखौराका २६ बर्षिय सूर्य बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

पौष १६ गते राति भएको झगडामा घाइते भएका थापाको मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा आज मृत्यु भएको बताइएको छ ।
यता सूर्य बहादुर थापाको मृत्यु भएपछि अहिले बर्दघट ईलाका प्रहरी कार्यालयले अनुसन्धानका लागि भन्दै १५ जनालाई आफ्नो नियन्त्रणमा लिएको वडासदस्य सोमइले बताएका छन्।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल