ताजा अपडेट »

नेबिसंघ अध्यक्षमा ३ जनाको चर्चा

बुधबार, १६ माघ २०७५, १५ : ०१
14 Shares

माघ १६,
गुल्मी । नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला अधिवेशनको मिति नजिकिए संगै चुनावी सरगर्मी बढ्न थालेको छ । आगामी माघ २५ र २६ गते गुल्मी जिल्लाको सदरमुकाम तमघासमा गर्न लागीएको १२ औं जिल्ला अधिवेशनको लागि बिभिन्न उम्मेदवारको चर्चा सुरु हुन थालेको छ ।

नेपाल विद्यार्थी संघ गुल्मीले स्थानीय तहको संरचना अनुसार ११ वटा स्थानिय तहमा अधिवेशन सम्पन्न गरेको छ । वाँकी रहेको एउटा स्थानिय तहमा अधिवेशन गर्ने तयारी अन्तीमचरणमा पुगेको नेबिसंघ गुल्मीले जनाएको छ । जिल्ला अिधबेशनमा जिल्लाका सबै स्थानिय तहबाट र जिल्लाका क्याम्पसहरुबाट करीव ५ सय प्रतिनिधि आउने आयोजकले जनाएको छ ।


जिल्ला अधिवेसन नजिकिएसंगै नेतृत्व लिनको लागी विद्याथीनेताहरु आफ्नो तयारी तिव्र पारेका छन् । अहिले गुल्मी ने.वि.संघमा विभिन्न विद्यार्थी नेताहरुले आकाङछा जनाएका छन् । जसमध्ये हालका कार्यवाहाक सभापति झविन्द्र पाण्डे, कोषाध्यक्ष तोमलाल पन्थी र पूर्व रेसुङ्गा वहुमुखी क्याम्पसका ईकाई अध्यक्ष धर्मराज पाण्डे अध्यक्षको चर्चामा छन् । अरु विद्यार्थी नेताहरु पदाधिकारी पदका लागि तयारी गरिरहेको स्रोतको दावि छ ।


अध्यक्षका दाबेदार को हुन् झविन्द्र पाण्डे ?


नेपाल विद्यार्थी संघमा लामो समयसम्म काम गरेका झविन्द्र पाण्डे सरल र मिठास सभावका नेताको रुपमा चिनिएका छन् । उनि २०६४ सालमा रेसुङ्गा मा.वि.को इकाई अध्यक्ष हुदै २०६५ सालको स्वतन्त्र विद्यार्थीयुनियनको चुनावमा रेसुङ्गा बहुमुखी क्याम्पसमा सदस्य पदमा निर्वाचीत हुदै ने.वि.संघ गुल्मीको उपसभापति भएका हुन् ।

ने.वि.संघगुल्मीका सभापति सुदर्शन खनाल ने.वि.संघ केन्द्रीय सदस्यमा विजय भएपछि उनले कार्यबाहक सभापतिको रुपमा संगठनका गतिविधि चलाईरहेका छन् । उनी सरल र मिठास स्वभावका भएका कारण विद्यार्थी संगठन भित्र निकै लोकप्रिय विद्यार्थी नेताको रुपमा परिचित छन् ।

अध्यक्षका दाबेदार को हुन् तोमलाल पन्थी ?


नेपाल विद्यार्थी संघको ११ औं जिल्ला अधिवेशनमा भएको चुनावमा प्रतिनिधिहरुको ८० प्रतिशत मत प्राप्त गरी ने.वि.संघमा देखिएका पन्थी २०७३ सालमा स्वतन्त्र विद्यार्थी युनिय रेसुङ्गा वहुमुखी क्याम्पसमा ने।वि।संघबाट सभापतिमा लडेका हुन् । संगठन भित्रैबाट अन्तरघात भएपछि उनले चुनाव हारे पनि संगठन भित्र उनको पकड अरुको तुलानामा धेरै रहेको स्रोतको दावि छ ।


सरल जिवनशैली मिठासपन भएका पन्थी विद्यार्थीहरुभित्र भिजेका नेता मानिन्छन् । संगठन भित्र सवैलाई मिलाएर लानसक्ने तागत उनि संग रहेको उनका समकक्षिहरुको भनाई छ । उनले आफैले उम्मेदवारी दिने घोषणा नगरेपनी उनी हिजो क्याम्पस हार्दाको कुरा लिएर संगठन भित्रभएका साथिहरुको नेतृत्व स्विकार लान या मौन वस्लान यो निकै अर्थपूर्ण रुपमा हेरीएको छ ।

यदि पन्थी चुनावी मैदानमा आए भने ने.वि.संघ गुल्मीको नेतृत्व कसको पोल्टामा पर्छ भन्ने अनुमान लगाउन नसकिने स्रोतको दावी छ । उनको समर्थन रहन्छ कसैलाई या रहदैन यसबाट ने.वि.संघ गुल्मीको नेतृत्वमा अहिले यसै आकलन गर्न नसकीने अवस्था छ ।


अध्यक्षका दाबेदार को हुन् धर्मराज पाण्डे ?


रेसुङ्गा वहुमुखी क्याम्पसका पूर्व इकाई सभापति रहेका पाण्डे जिल्लामा विद्यार्थी नेताको रुपमा परिचित छन् । रेसुङ्गा बहुमुखी क्याम्पसमा ने.वि.संघ सभापति हुदै गर्दा उनले गरेको नेतृत्व सवल भएका कारण उनि नेताको रुपमा परिचित छन् यस भन्दा अगाडी ११ औ अधिवेसनमा सभापति पदका आकाङछी रहेका पाण्डे यो पटक सभापति पदको उम्मेदवारको रुपमा चर्चामा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।