ताजा अपडेट »

बुटवलबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना : ७ जनाको मृत्यु, ८ जना घाइते

आइतबार, १८ पुस २०७८, ११ : ५२

बुटवल । बुटवलबाट गुल्मीस्थित रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य ७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । ३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५०मिटर तल झरेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।