ताजा अपडेट »

बुटवलबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना

आइतबार, १८ पुस २०७८, ११ : २७

बुटवल । बुटवलबाट गुल्मीस्थित रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । आइतबार बिहान शव लिएर गएको बस दुर्घटना भएको हो । लु २ ख ७२७९ नम्बरको करिब ४० जना सवार बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको घटना स्थलमा पुगेको प्रहरीको प्रराम्भिक अनुसन्धानले बताएको छ । विस्तृत विवरण आउन बाँकी ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।