ताजा अपडेट »

देउवाले गरे देउवा र पौडेलसहित १० नेतालाई केन्द्रिय सदस्य मनोनित

शनिबार, १७ पुस २०७८, १६ : ५४
4 Shares

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेका छन ।

सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोयन गरिएको मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।