१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

जनवरी १ मा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो ।

Advertisement

हाम्रो पञ्चांगमा तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खएको छ। हाम्रो क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्छ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्य पनि जोडिएको छ ।

यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्छ । तर, जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार देखिन्न । जुन बेला रोम सभ्यताको विकास हुँदै थियो, खगोलीय घटना हुन्थ्यो । त्यहाँका पूजारीले जानकारी गराउन घन्ट बजाएर कि त चिच्याएर सूचना आदानप्रदान गर्ने गर्दथे । उनीहरूले समयकालको जानकारी गराउने गर्थे, जसको नामबाट क्यालेन्डर शब्दको विकास भएको थियो भन्ने धेरै स्थानमा लेखिएको छ ।

तर, यसबेला हाम्रोमा पञ्चांग गणना भइसकेको थियो, जसमा पाँचवटा कुरा समावेश गरिएको छ । जुन तिथि, बार, नक्षत्र, योग र करण हो । तर, पश्चिमी मोडलको क्यालेन्डरमा विशेषगरी बार र गते समावेश भएको हुन्छ । उनीहरूको क्यालेन्डरभन्दा थप तीन कुरा हामीकहाँ भएकाले खगोलीय गणनाहरूमा यसको महत्व छ । पश्चिमी सभ्यतामा पनि नयाँ वर्ष मनाउने परम्परा थिएन ।

(७०० ई.पू) भन्दा पूर्व फस्ट मार्चमा नयाँ साल मनाउने परम्परा थियो । महिनाका हिसाबले १० महिना मात्रै हुन्थ्यो । मार्च भन्नाले अगाडि बढ्नु जस्तै परेड मार्च, जसको अर्थ अगाडि बढ्नु भन्ने हुन्छ । जनवरीभन्दा पहिले फस्ट मार्चबाट नयाँ साल प्रारम्भ भएको इतिहास भेटिन्छ ।

अप्रिललाई कुनै देवताको नाम दिए, त्यस्तै मे पनि उनीहरूको देवताहरूकै नाम हो । अरु महिनाको नाम नभेटेपछि क्वान्टिलिस्ट राखियो, जुन उनीहरूका इष्टदेव हुन् ।

नाम नमिलेपछि सिक्टिलेसबाट छैटौं महिनाको नाम दिए, ल्याटिना सेप्टेम्म भनेको सातौँ महिनाको नाम दिए, अक्टोबरबाट आठौं महिना, नोभेम्वरबाट नौ महिना गणना गरी डिसेम्बरको नामकरण गरे ।

नोमा पम्पालिस्ट रोमका राजा थिए (७०० ई.पू) भन्दा पछाडि उनले आाफ्नो ज्योतिषीसँगको सल्लाहअनुसार दुई महिना जोडिदिए, जनवरी र फेब्रुअरी । जेनेसबाट जनवरी र फेब्राबाट फेब्रुअरीको नाम दिएर १० महिनाबाट १२ महिनाको वर्ष बनाए ।

तर, नयाँ साल भने फस्ट मार्चबाटै सुरु हुने गर्दथ्यो । (४६ ई.पू) मा जुलियर्स सिजर रोमका राजा भएपछि ३६५ दिनलाई १२ महिनामा विभाजन गरेपछि ‘जुलियन’ क्यालेन्डर तयार पारे । त्यसपछि भएका राजाहरूले आआफ्नो पालामा नाम परिवर्तन गर्दै आफ्नो नाम राखेर महिना निर्माण गरेको इतिहास पाइन्छ ।

१७५१ का ब्रिटिस पार्लियामेन्टबाट संसद्ले क्यालेन्डर विधान पास गर्‍याे र संसदीय व्यवस्था भएका देशहरूमा अनिवार्य लागू गराउने नियम बनायो ।

भारतमा सक् को नामबाट सक् संवत्, बिक्रमादित्यको नामबाट विक्रम संवत्, कलि संवत् आदि नामबाट राज्य सञ्चालन भएको देखेपछि उनीहरूले सोचे, राजाको नामबाट वर्ष प्रारम्भ हुँदो रहेछ । तर, वास्तविकता के हो भनेर जान्ने कोसिस भने गरेनन् ।

भारत भ्रमणका क्रममा उनीहरूले राजाको नामबाट वर्ष मनाउनुपर्छ भन्ने सोचले १७५१ मा ब्रिटिस संसद्ले क्यालेन्डर विधान पास गरेपछि विश्वभरि यो नियम लागू भएको हो । जेनेस भन्ने राजाको नामले जनवरीदेखि नयाँ वर्ष मनाउने प्रचलन रहिआएको इतिहास पाइन्छ ।

(लेखक रिजाल दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)

प्रतिकृया दिनुहोस्

Flash News

प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते