ताजा अपडेट »

फिल्म हलमा दर्शकको कमव्याक, हिन्दी चलचित्रकै भर

विहीबार, १५ पुस २०७८, १७ : ०८
26 Shares

बुटवल । कोरोना महामारी तथा लकडाउनका कारण लामो समय हल जान नपाएका दर्शकहरु हल फर्केका छन् । सन् २०१९ को अन्तयदेखि बन्द भएका नेपालका चलचित्र घरहरु २ महिना अघिदेखि मात्रै सञ्चालनमा आएका छन् । कोभिडको महामारी केहि मत्थर भएर खुलेका चलचित्र हलमा दर्शकहरु पुग्ने क्रम बढ्दो छ । यता नयाँ भेरियण्टको जोखिमले प्रभाव पार्छ कि भन्ने सरोकारवालालाई भने त्रास नै छ ।
बुटवलस्थित क्यूएफएक्स सिनेमामा निरन्तर चलचित्रहरु चलिरहेका छन् । बलिवुड चलचित्र सूर्यवंशीबाट सफल पुनः सुरुवात गरेको क्यूएफएक्सले गति लिइररहेको क्यूएफएक्स बुटवका म्यानेजर महेश गिरीले बताए ।

भाटभेटनी सुपर मार्केट बुटवलस्थित क्यूएफएक्समा सूर्यवंशीले दर्शकलाई पुनः हलसम्म तानेन मात्रै आकर्षण पनि गर्यो फलस्वरुप अर्को हिन्दी चलचित्र अन्तिमलाई फाइदानै भयो । दर्शक आउने क्रमलाई पछिल्लो समय हिन्दी चलचित्र पुष्पाले नै निरन्तरता दिएको छ । हाल क्यूएफएक्स २ वटा हलमा हलिवुड चलचित्र स्पाइडर मेन र बलिवुड चलचित्र पुष्पा चलिरहेका छन् । दैनिक ३–३ शो चलेका यी चलचित्रले उत्साहजनक दर्शक तानेको हलका म्यानेजर गिरीले बताए ।

‘शुक्रबार र शनिबार २ वटा हलमा ४/४ शो चलाएका छौं,अन्य दिनमा ३/३ । विशेषगरी साँझमा धेरै भीड हुने गरेको छ ।’ उनले भने । लामो समयपछि फिल्म हल खुलेपनि नेपाली चलचित्र भने अभाव छन् । लकडाउनपछि पहिलो पटक प्रदर्शनमा आएको नेपाली चलचित्र डाँडापारी वरपिपलले दर्शक तान्न सकेन,चलचित्र पनि असफल भयो । तर, हिन्दी चलचित्र सूर्यवंशी,अन्तिम र पुष्पाले लामो समयसम्म हाउसफूलनै बनाएको उनले बताए ।

दोस्रो चलचित्रका रुपमा भोलिदेखि कठ्पुतली प्रदर्शनमा आउँदैछ । यद्यपी हलिवुड स्पाइडर मेन र बलिवुड पुष्पाले भने निरन्तरता पाउने क्यूएफएक्स बुटवलका म्यानेजर गिरीले बताए । उनका अनुसार अरु नयाँ चलचित्र न आउँदासम्म तीनै चलचित्रले निरन्तता पाउने छन् । जनवरी ७ मा अर्को नयाँ बलिवुड चलचित्र त्रिपल आर प्रदर्शनमा आउने र सो चलचित्र पनि चल्ने विश्वास रहेको गिरीले बताए । त्यसैगरी सोही समयमा हलिवुड गोष्ठ बुस्टर प्रदर्शन हुने तर, त्यसबाट भने त्यति आशा नरहेको उनले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।