ताजा अपडेट »

भैरहवामा म्यूजिकल मेला २०२२ हुँदै

मंगलबार, १३ पुस २०७८, १८ : ५३
2 Shares

भैरहवा । अंग्रेज़ी नया बर्षको स्वागतमा लायन्स क्लब अफ भैरहवा गौतमबुद्धको आयोजनामा म्यूजिकल मेला २०२२ आयोजना हुने भएको छ । मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले मेलाबारे जानकारी दिएका छन । क्लबका अध्यक्ष पिन्टु बनियाले सिद्धार्थ बालगृहलाइ सहयोग गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको बताए ।

पुष १६ गते हुने कार्यक्रममा उनले कार्यक्रमा राष्ट्रिय, स्थानिय कलाकारको साथै चर्चित भोजपुरी गायकहरुको प्रस्तुती रहने छ । गायक दुर्गेश थापा, प्रीती आले, कर्णराज गिरि, मोडल करिश्मा ढकाल, चादनी स्लिया, डान्सर सविता भुसाल, जादुगर महादेव त्रिपाठी रहने छन । यस्तै कार्यक्रममा भोजपुरी स्टार गायक बिनय विहारी पनि आउने आयोजकको भनाइ छ । १ हजार प्रवेश शुल्क तोकिएर भैरहवाको युनिक बेन्क्वेटमा हुने कार्यक्रममा डिनर र ड्रीन्क्स कुपनको ब्यवस्था गरिएको छ ।

कार्यक्रमबाट न्युनतम ५० हजार बचत गरि भैरहवाम रहेको सिद्धार्थ बालगृहलाइ प्रदान गरिने क्लबका गार्डलाइनर रविकान्त उपाध्यायले जानकारी दिए ।कार्यक्रममा विभिन्न परिकारका स्टलहरु पनि राखिने उपाध्यायले बताए। उनले बिक्री भएको टिकटमा सरप्राइज गिफ्ट समेत राखिएको आयोजकको भनाइ छ । लायन्स क्लब अफ भैरहवा गौतमबुद्धका अध्यक्ष पिन्टु बनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव दुर्गा प्रसाद कान्दुले गरेका थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा