ताजा अपडेट »

कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?

मंगलबार, १३ पुस २०७८, ०७ : २७
40 Shares

काठमाडौँ ।  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १ फागुन २०५२ देखि सशस्त्र ‘जनयुद्ध’ थाल्यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरू अहिले तितरबितर भएका छन् । कोही राज्यपक्षबाट बेपत्ता पारिए भने कोहीले ‘जनयुद्ध’का क्रममा बलिदानी दिए ।

माओवादीबाट विभिन्न समयमा विभाजित भएर आठवटा छुट्टै पार्टी गठन भयो । कतिपय पार्टी अहिले पनि सक्रिय छन् । कतिपय नेताले नेतृत्व गरेको पार्टी अन्य कम्युनिस्ट पार्टीसँग एकीकरण गर्न बाध्य भए । केही नेता माओवादीबाट विद्रोह गरे पनि पुनः माओवादीमै फर्किएको इतिहास छ । विगतमा माओवादी विभाजन मात्रै भएको छैन्, यसबीचमा विभिन्न कम्युनिस्ट विचार बोकेका पार्टीसँग एकीकरणसमेत भएको छ ।

तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सशस्त्र ‘जनयुद्ध’को घोषणा भएको थियो । आज त्यही माओवादी विभिन्न पार्टीसँग एकता गर्दै ‘नेकपा माओवादी केन्द्र’ भएको छ । माओवादी केन्द्रको इतिहास हेर्दा विगतमा विभाजन र एकीकरण उस्ताउस्तै देखिन्छ । कहिले विचार मिल्दा पार्टी एकीकरण भएको देखिन्छ भने कहिले विचार नमिल्दा विभाजन भएको माओवादीको इतिहास लामो रहेको देखिन्छ ।

दाहाल नेतृत्वको त्यही माओवादी केन्द्रले आइतबारदेखि काठमाडौंमा आठौं महाधिवेशन गरिरहेको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका साथै वैचारिक, सैद्धान्तिक विषयमा समेत गम्भीर बहस एवं छलफल थालेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विगतको समीक्षा गर्दै महाधिवेशनले आगामी कार्यदिशा पनि निर्धारण गर्ने बताए ।

‘महाधिवेशनमा हामी नेता मात्रै छान्दैनौं । हामीले विगतको गम्भीर समीक्षा गर्दै आगामी रणनीतिसमेत तय गर्न बहस तथा छलफल गर्नेछौं,’ प्रवक्ता महराले भने ।

१९ कमान्डर को कता ?
सशस्त्र विदोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपता पारिए भने कोही कृषि पेसामा संलग्न छन् । यो समाचार आजको राजधानी दैनिकमाा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।