२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

कार्तिक ५,

ताप्लेजुङ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपि शर्मा ओलि र आफूबीच कुनै असमझदारी नरहेको दाबी गरेका छन् । कार्यकर्ता प्रशिक्षणकालागि पाँचथर सदरमुकाम फिदिम आएका दाहालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मीडियामा आएजस्तो कुनै असमझदारी नरहेकाले त्यसको पछि नलाग्न पनि आग्रह गरे । उनले हिजो मात्रै प्रधानमन्त्री र आफूबीच दुई घण्टासम्म बसेर छलफल भएको पनि प्रष्ट्याए । मन्त्रीमण्डल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएकाले उनले चाहेकोबेला परिवर्तन हुने दाहालले प्रष्ट पारे ।

वर्तमान सरकारले छिमेक देशहरुसँगको सम्बन्ध मजबुत बनाउँदै लगेको दाबी गर्दै दाहालले यसको उदाहरण चिनका राष्ट्रपतिको भ्रमण र भारतको अमलेखगञ्ज पेट्रोललाइन विस्तार भएको दाबी गरे । २५ वर्षपछि चीनका राष्ट्रपति सि चिनफिङको सफल भ्रमण हुनु र भारतबाट नेपालमा सिधै पेट्रोललाइन विस्तार हुनुले दुई देशको सम्बन्धलाइ थप राम्रो बनाएको दाहालको दाबी छ । सत्ता र प्रतिपक्षबीच पनि कुनै असमझदारी नरहेको प्रष्ट्याउँदै दाहालले शान्ति प्रकृयाको काम टुंग्याउने अन्तिम चरणमा पुगेको बताएका छन् । सत्ता र प्रतिपक्षका बीचमा समझदारीका साथ मुद्दाहरु टुंगिने दाहालले बताए । उनले सरकार अब समृद्धिको दिशामा अघि बढेको बताए । प्रशिक्षणकालागि महासचिव विष्णु पौडेल र सचिवालय सदस्य सुवास नेम्वाङ पनि फिदिम आएका छन् । प्रशिक्षणकालागि ताप्लेजुङ जिल्लाका पार्टी नेताहरु फिदिम पुगेका छन् । स्थानिय तहमा हुनलागेको उपनिर्वाचनका विषयमापनि छलफल हुने नेकपा नेताहरुले बताएका छन् । पाँचथरमा एक गाउँपालिका अध्यक्ष र दुइ वडाध्यक्ष पदकालागि निर्वाचन हुँदैछ । -कान्तिपुर

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए