ताजा अपडेट »

पाक्दै गरेको धानमा फौजी किराको सङ्क्रमण भएपछि किसान चिन्‍तित

मंगलबार, ०५ कार्तिक २०७६, १३ : ५९
10 Shares

कार्तिक ५,
दाङ । राप्ती गाउँपालिका-६ मझेरीयाका किसान प्रेमबहादुर चौधरीले पाँच बिघा जमिनमा धान खेती गरेका छन्। बीउ धान उत्पादनका लागि भनेर उनले रामधान र राधा-४ जातको धान रोपेका छन्।धान राम्रै फलेको छ। तर, काट्ने बेला फौजी किराले धानको बाला काट्न थालेपछि उनी चिन्तामा छन्। केही दिन पहिलेसम्म खेतमा पहेलो देखिने धान अहिले बाला काटेर ठुटा मात्र रहेको उनले बताए। धानमा देखिएको समस्या कृषि ज्ञान केन्द्रसँगै क्षेत्रीय बिउँभिजन कार्यालय नेपालगञ्‍ज खजुराबाट आएको टोलिलेसमेत निरिक्षण गरेको उनले बताए।

धान पाकेर घरमा भित्र्याउने समयमा समस्या देखिएका कारण देउखुरीका किसान समस्यामा परेको देउखुरीका हरितक्रान्तिकृषि सहकारी संस्थाका व्यवस्थापक दिपक चौधरीले बताए। किसानले घरमा धान भित्र्याउने बेला देखिएको समस्याले किसानलाई चिन्तित बनाएको उनको भनाई छ। व्यवस्थापक चौधरीका अनुसार अहिले लमही नगरपालिका–२ रनियापुर, सोनपुर, केरुनिया र राप्ती गाउँपालिका–६ मझेरिया, थरगढवा, बग्राहपुर, सग्रहवापुरलगायतका गाउँमा रोपिएको धानमा फौजी किराको संक्रमण देखिएको उनले बताए। यता लमही नगरपालिका कृषि शाखाले भने किसानको खेतमा समस्या देखिएको भए पनि किसानले आफूलाई जानकारी नगराएको बताएको छ। लमही नगरपालिका कृषि शाखाका ज्योतिकुमार श्रेष्ठले किसानको खेतमा फौजी किराको संक्रमण देखिएको बताए।

लमही नगरपालिका र राप्ती गाउँपालिकाको केही किसानले रोपेको धानमा फौजी किराको संक्रमण देखिएको बताए। फौजी किरालाई रोक्नका लागि बिषादीको प्रयोग गर्ने वा खेतका गरामा पानी राखेर किरा मार्न सकिने आफूहरूले सुझाव दिएको उनले बताए। देउखुरीमा अहिले पानी नपर्ने र कुलाहरू समेत सुक्न थालेका कारण पानीको बिकल्प सकिएकाले विषादी प्रयोग गरेर किरा मार्नसमेत आग्रह गर्ने गरेको उनले बताए। तर, किरा दिनभरी जमिन मुनी बस्ने र रातभरी धान काट्ने भएकाले पनि बिषादी प्रयोग गर्न समस्या रहेको उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।