१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

कार्तिक ५,
काठमाडौँ । मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सिजन राजधानीमा आयोजना हुँदैछ ।ओमेनियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल, २०२०’ सिजन—३ आयोजना हुन लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार काठमाडौको नयाँ बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कार्तिक ३० गते अडिसन हुनेछ ।

छनौट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरिनेछ । जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।यसै संस्थाले मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साईज नेपाल पनि आयोजना गर्दै आएको छ । ओमेनियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्रा भन्छिन – ‘प्लस साइज (मोटोपना)का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहनका लागि र सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनाले गर्दा आफूलाई एक्सपोज गर्न डराइरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले ‘सुपर प्लस साइज मोडल नेपाल’ प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साईज, २०२०’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी दिइन् । उत्कृष्ट तीन रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी पनि आयोजक संस्थाले दिएको छ ।प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट कार्तिक ५ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए ।-साझापोष्ट

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु