ताजा अपडेट »

भरतपुर महानगरपालिका

बुधबार, १६ माघ २०७५, १० : ४४
16 Shares

चितवन जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा नारायणी अञ्चलको पश्चिमी भागमा अवस्थित छ । यो जिल्लाको धेरै जसो भाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत श्रृङ्खला  छ । चितवनको सदरमुकाम भरतपुर हो । भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको  व्यापारिक  तथा सेवा  संस्थाहरू रहेको क्षेत्र हो । भरतपुरलाई  मध्य नेपालको जनताको लागि उच्च शिक्षा, व्यापार र    यातायातको  केन्द्रबिन्दु मानिन्छ । नारायणगढ,   नारायणी  नदीको किनारमा अवस्थित चितवनको अर्को ठूलो बजार हो ।

नारायणगढलाई मुख्य बजार केन्द्र र भरतपुरलाई शैक्षिक, सुविधायुक्त क्षेत्रमा विकसित गर्ने गरी तत्कालीन सरकारको सामाजिक, र्र्र्आिर्थक रूपमा द्रुत गतिमा विकसित भइरहेका गा. वि. स. हरूलाई नगरपालिकाका रूपमा रूपान्तर गर्ने नीति अनुरूप हालको भरतपुर नगरपालिकका वि.सं. २०३५ साल फाल्गुन २५ गते भरतपुर नगरपञ्चायतको नाममा कानुनी रूपमा र गीतानगर, मंगलपुर, श्रीपुर,  गाउँ पञ्चायतका केही भागहरूलाई गाभेर भरतपुर नगर पञ्चायतको स्थापना गरिएको थियो । नारायणगढलाई मुख्य बजार केन्द्र र भरतपुरलाई शैक्षिक, प्रशासनिक एवम् अन्य सुविधायुक्त क्षेत्रमा विकसित गर्ने गरी नगर  पञ्चायतलाई १२ वटा वडाहरूमा     विभाजन गरिएको थियो भने केही वर्षपछि  मात्रै १४ वटा वडामा विभाजन गरियो ।

भरतपुर     नगर  पञ्चायतमा   तत्कालीन नारायणगढका  प्रसिद्ध  व्यापारी मुक्तिलाल चुके    प्रथम   प्रधानपञ्चका रूपमा नियुक्त भएका थिए । मिति २०७१ मसीर १६ गते बसेको    मन्त्री परिषदको वैठकको निर्णय बमोजिम भरतपुर नगरपालिकालाई थप ५ गा.वि.स. समेत गाभि भरतपुर उप महानगरपालिका घोषणा गरिएको थियाे । नेपाल सरकारकाे मिति २०७३/११/२७ को निर्णय अनुसार भरतपुर उप-महानगरपालिका, चित्रवन नगरपालिका , नारायणी नगरपालिका र कविलास गा‌.वि.स मिलाएर  भरतपुर महानगरपालिका बनाईएकाे हो । -www.bharatpurmun.gov.npबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।