ताजा अपडेट »

टिपिएलः ज्ञानोदयको जीत, समूह चरणका सबै खेल सकियो

मंगलबार, ०५ कार्तिक २०७६, १३ : ०१
6 Shares

कार्तिक ५,
ग्लोबल आवाज


बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी तेस्रो संस्करणको प्रदेश स्तरीय सर्वोत्तम तिलोत्तमा गोल्ड कप प्रतियोगितामा लिग चरणका खेलहरु आज सकिएका छन् । तिलोत्तमा १० नव ज्योति क्लबको खेलमैदानमा जारी प्रतियोगितामा समूह चरण अन्तरगत आज भएको अन्तिम खेलमा रेन्बो ज्ञानोदय गोल्ड विजयी भएको छ ।जानोदयले समुह चरण अन्तरगत आज भएको अन्तिम खेलमा लुम्बिनी शाक्यनलाई पराजित गरेको हो ।

यो खेलसँगै ज्ञानोदय समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । समूह ए बाट बुटवल यूनाइटेड उप विजेता बनेको छ । ४ खेल खेलेको ज्ञानोदयले बसै खेल जित्दै ८ अंक सहित २ दशमलव २९ अंकको रन रेट बनाएको छ । उप विजेता बनेको बुटवलले ४ खेलमा ३ मा जित र एक खेलमा हार व्यहोर्दा ६ अंक सहित १ दशमलव ७१ अंकको रन रेट बनाएको छ । समूह बी अन्तरगत मणिग्राम किङ्गस् विजेता तथा पाल्पाली लेजेन्टस् उप विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । दुबै टिमले ४ खेलमा एक खेल हार तथा ३ खेल जीतसँगै समान ६÷६ अंक बनाएपछि रन रेटका आधारमा विजेता र उपविजेता तय गरिएको छ । समूह विजेता मणिग्रामको शून्य दशमलव ७७ अंकको रन रेट रहेको छ भने पाल्पाको शून्य दशमलव ३९ अंकको रन रेट रहेको छ । नक आउटका आधारमा हुने सेमिफाइनल खेलमा भोलि बुधबार समूह ए को विजेता ज्ञानोदय र समूह बी को उप विजेता पाल्पाली लिजेन्डसका बीच पहिलो खेल हुने छ भने दोस्रो खेलमा समूह ए को उप विजेता बुटवल यूनाइटेड र समूह बीको विजेता मणिग्राम किङ्गस्का बीच प्रतिस्पर्धा हुने छ । दुबै खेलमा विजयी समूह फाइनल प्रवेश गर्ने छन् ।

फाइनल खेल कार्तिक ७ गते विहिबार हुने आयोजकले जानकारी गराएको छ । तिलोत्तमाको वडा नम्बर ६ मा रहेको नव ज्योति क्लबको खेल मैदानमा जारी प्रतियोगितामा विजेताले नगद ४ लाख तथा उप विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरि प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद २० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट वलरलाई नगद १० हजार साथै इमर्जिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा १ टिमलाई फेयर प्ले अवार्ड अन्तर्गत नगद ४० हजार साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १ हजार ५ सयले पुरस्कृत गरिने प्रतियोगिताका संयोजक दिपक भुर्तेलले जानकारी दिए । आज दिउसो रुपन्देहीका पत्रकारहरु र आयोजक बीच मैत्रीपूर्ण खेल हुँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।