९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

कार्तिक ५,

Advertisement

बैतडी । दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा कच्ची सडक निर्माण गर्दा डोजरले महिलालाई हुत्याउने चालक पक्राउ परेका छन् । कच्ची सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा निर्माण कार्यमा रहेको डोजरले एक स्थानीय महिलालाई हुत्याएर फालेको थियो । सोमबार डोजर चालकले स्थानीय महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले दशरथचन्द नगरपालिका–२ देहीमाण्डौका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले बताए ।

अहिले बोहरामाथि अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाको सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपका क्रममा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो । घाइते जोशीको अहिले धनगढीमा उपचार भइरहेको उहाँका आफन्तले जानकारी दिएका छन् ।यस्तै, सडक रोक्ने र सडक लैजाने पक्षबीच झडप हुँदा ८ जना घाइते भएका थिए । रोक्ने पक्षका गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भइरहेको छ भने सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका थिए । उनीहरु जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन् ।

आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमिनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले बताए । । यो सडक निर्माण हुने ठाउँमा गुठीको जमिन पर्ने भएकोले यो विषयमा सबै गाउँलेसँग सहमति गरेर मात्र अघि बढ्ने भने पनि निर्माण पक्षले जबरजस्ती गरेको उहाँले बताउनुभयो । उता निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले डोजरमा एक्कासी ढुंगामुढा गरेकोले झडपको स्थिति सिर्जना भएको दाबी गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु, पाँच जना घाइते आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग, दलहरूसँग छलफल गर्दै दसैंका लागि दार्चुलामा खाद्यान्न पठाइने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति