ताजा अपडेट »

प्रगति महिला समुह बुटवल ११ द्धारा रक्तदान सम्पन्न

मंगलबार, ०५ कार्तिक २०७६, ११ : ३४
10 Shares

कार्तिक ५,
बुटवल ।प्रगति महिला समुह बुटवल वडा नम्वर ११ ले मंगलवार बुटवलमा रक्तदान गरेको छ । महिलाहरुको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वडा नम्वर ११ का वडा अध्यक्ष्य रामचन्द« क्षेत्रिले यस्ता संस्थाहरुले सामाजीक कार्यमा अग्रसरता देखाएमा यो वडा बुटवलमा नै नमुना वडा बन्ने छ , साथै आगामी दिनहरुमा पनि यस्ता सामाजीक कार्यहरु गर्नको लागि वडाबाट केहि सहयोग चाहिएमा वडा कार्यालय तयार रहेको समेत जानकारी गराए ।कार्यक्रममा राजेन्द« ढकाल, ज्योति अर्याल, दिननाथ भटराई, मञ्जु भुषाल लगायतले शुभकामना व्यक्त गरेका थिए । यस कार्यक्रममा स्वागत मन्तव्य पूर्णकला श्रीसको रहेको थियो र सञ्चालन तेजेन्द« खनालको रहेको थियो भने सस्था कि अध्यक्ष्य बिष्णु गुरुङको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।