ताजा अपडेट »

टिपिएल : लिग चरणको अन्तिम खेल, ज्ञानोदय र लुम्बिनी भिड्दै

मंगलबार, ०५ कार्तिक २०७६, ०९ : ३१
6 Shares

कार्तिक ५,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आज लिग चरणको अन्तिम खेल हुँदै छ । समुह चरण अन्तरगत पोल ए मा रहेका रेन्बो ज्ञानोदय गोल्ड र लुम्बिनी शाक्यान् गोल्डका बीच खेल भइरहेको छ । तिलोत्तमा नगरापालिका ६ मा जारी प्रतियोगितामा टस जितेर लुम्बिनीले व्याटिङ गरिरहेको छ ।

यसअघि नै सेमिफाइनल प्रवेश गरेको रेन्बो ज्ञानोदय गोल्डले आजको खेल जितेमा समुह विजेता बन्ने छ भने लुम्बिनी शाक्यान् प्रतिस्ठाका लागि मात्रै खेल्दै छ । प्रदेश ५ स्तरीय यस प्रतियोसिगतामा आज दिउसो रुपन्देहीका पत्रकारहरु र आयोजक बीच मैत्रीपुर्ण खेल हुँदै छ । सर्वोत्तम सिमेन्टको मूख्य प्रायोजन रहेको प्रतियोगितामा प्रथम हुनेले नगद ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् । प्रतियोगिताको फाइनल खेल कार्तिक ७ गते हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।