ताजा अपडेट »

चितवनमा २६ जनामा डेंगुको संक्रमण

बुधबार, १६ माघ २०७५, १० : २०
6 Shares

माघ १६ ,

चितवन । जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ मा डेङ्गुको सङ्क्रमण देखिएको छ । यस अवधिमा एक हजार ३७० को डेङ्गु परीक्षण गरिएको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुमार केसीका अनुसार डेङ्गु देखिएकामध्ये ११ चितवनका छन् । अन्य छिमेकी जिल्लाको रहेको उहाँले बताउनुभयो । मुख्यरुपमा साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण हुने गर्दछ । गत आर्थिक वर्षमा ५९ मा डेङ्गु देखा परेको थियो । जसमध्ये ३२ चितवनका रहेको केसीले बताए । 

गत वर्ष हेटौँडा घर भएका एक जनाको चितवनमा उपचारका क्रममा डेङ्गुका कारण मृत्यु भएको थियो । आठ वर्षअघि जिल्लामा डेङ्गु सङ्क्रमणका रुपमा फैलिएको थियो । केसीका अनुसार सन् २०१० मा ७३९ मा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । जसमध्ये पाँचको मृत्यु भएको थियो । त्यसपछिका वर्षमा क्रमश सङ्क्रमण घट्दै आएको छ । 

डेङ्गु नियन्त्रणका लागि यही माघ १४ गतेबाट इपिडिमियोलोजी महाशाखा र रत्ननगर नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।