ताजा अपडेट »

आर्थिक गतिविधि चलायमान बनाऔं

शुक्रबार, ०९ पुस २०७८, १६ : ३१
28 Shares

कोभिड महामारीका कारण रोकिएका गतिविधि सञ्चालन भएसँगै गति पनि लिन थालेका छन् । सन् २०१९ को अन्त्यबाट देखिएको कोरोना भाइरस संक्रमण र फैलिएको महामारीका कारण लामो लकडाउन भयो । जसका कारण सम्पूर्ण आर्थिक तथा समाजिक गतिविधिहरु ठप्प भए । विभिन्न भेरियण्ट थपिँदै गएपछि लकडाउन र गतिविधि निकै प्रभावित बन्यो । विशेषगरी आर्थिक क्षेत्र ठप्प प्रायः भयो । स्वास्थ्य,सुरक्षा तथा अति संवेदनशील क्षेत्र बाहेकका आर्थिक गतिविधि रोकिए ।

करिब एक वर्ष पूर्ण ठप्प र अनियमित बन्दका कारण २ वर्ष प्रभावित बनेका व्यापार, व्यवसाय, उद्योग, मनोरञ्जन, खेल लगाएतका क्षेत्र केहि महिनादेखि पुनःसूचारु भएका छन् । तर, कोभिड १९ ले भने सन् २१ को अन्त्यमा पनि छोडेको छैन । अर्थात् पुनः नयाँ भेरियण्ट ओमिक्रोन देखिएपछि भर्खरै पुनः सञ्चालनमा आएका आर्थिक क्षेत्रमा एक किसिमको शंका र त्रास देखिएको छ । लामो संक्रमण र आर्थिक संकट झेल्दै पुनः सञ्चालनमा आएका आर्थिक गतिविधि तथा क्षेत्र ओमिकोक्रन देखिएपछि झस्किएपनि निरन्तरता भने छ ।

कोभिड–१९ को संक्रमण त्यसको असरसँगै विस्तारै खोप लगाएर कोभिड विरुद्ध लड्न सरकारले खोपलाई निरन्तरता दिएको छ । सरकारी तथ्यांक अनुसार हालसम्म करिब ४० प्रतिशत जनताले पूर्ण खोप लगाएका छन् । शारीरिक संवेदनशीलतालाई मध्यनजर गर्दै वृद्धवृद्धाबाट सुरु गरिएको खोप बालबालिकासम्म पुग्न थालेको छ । हालै बालबालिकाका लागि विद्यालयमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । एकातर्फ खोप लगाउने क्रम जारी छ भने अर्कोतर्फ बुस्टर खोप आवश्यक छ । त्यसैगरी अर्कोतर्फ उक्त खोपले प्रभाव नगर्ने नयाँ भेरियण्टहरु पनि देखिने क्रास छ । यद्यपी मानवीय क्रियाकलाप र आर्थिक गतिविधि भने जारी राख्नुपर्ने बाध्यता र आवश्यकता छ ।

महामारी र लामो लकडाउनका कारण ठप्प प्रायः रहेका विभिन्न आर्थिक क्षेत्र तथा गतिविधि पुनःसञ्चालनमा आयसँगै गतिलिन थालेका छन् । तर, संक्रमणको जोखिम भने कायमै छ । यस्तो अवस्थामा जारी र सम्भावित जोखिमविरुद्ध व्यवहारिक तथा स्वास्थ्य सतर्कता अप्नाउँदै निरन्तरता दिनु अहिलेको आवश्यकता र निर्विकल्प उपाय हो ।

हाल नेपालमा सबै क्षेत्र खुलिसकेका छन् । पुनः सञ्चालनमा आएका छन् । भीडका कारण अत्यधिक जोखिम र संवेदनशील क्षेत्र मानिने शैक्षिक संस्था,चलचित्र घर,सार्वजनिक समारोह लगाएत विभिन्न दलका महाधिवेशन पनि जारी छन् । केहि सयौं, हजारौं, लाखौं मानिसका भीडहरुसहितका कार्यक्रम, समारोह, महाधिवेशन सम्पन्न भइसेका छन् भने केहि जारी छन् । नेपालमा मात्रै नई विश्व इतिहासमै खतरा र विनाशकारी मानिएको कोभिडको संक्रमण र जोखिम भने निरन्तर छ । तर, पनि नेपालमा चाँडैनै भीडभाडका गतिविधिहरु सुरु भए।

यस्तै हाल विभिन्न मेला महोत्वसव पनि जारी छन् । केहि सम्पन्न भएका छन् भने केहि हुने क्रममा पनि छन् । उता ओमिक्रोम पनि नेपालमा भित्रिएको त्रास छ । यद्यपी आथि गतिविधिलाई निरन्तरता दिनुपर्ने छ । संक्रमण र संक्रमणको प्रकृति फेरिँदै जादा सोही अनुसारको सावधानी, सर्तकता र शैली पनि अपनाउनु पर्ने हुन्छ । पहिलेदेखि हुने मेला, महोत्सव, प्रदर्शनी २ वर्ष भएनन् । जसले गर्दा केहि आर्थिक गतिविधिमा शिथिलता आयो । पुनः सूचारु हुन लागेका मेला महोत्सवले आर्थिक चलायमानसँगै गतिशिलता पनि लिने देखिन्छ । तर, यसरी आयोजना हुने मेला महोत्सवले स्वास्थ्य सतर्कता र सावधानी भने अपनाउनु पर्दछ ।

केवल आयोजना र सम्पन्न गर्नका लागि मात्रै नभई आयोजित मेला, महोत्सवले कोभिड महामारी पश्चात्को वा जारी आर्थिक संकटमा टुवा पुर्याउनुपर्ने हुन्छ । उठ्दै गरेका व्यवसायलाई प्रोत्साहन गर्ने,थला परेकालाई उठाउने, चलेकालाई प्रवद्र्धन गर्ने जस्तो विषय र नतीजामा जोड दिनुपर्ने हुन्छ । उद्योग, व्यापार, व्यवसायी र उपभोक्तालाई जोड्ने आर्थिक क्रियाकलापले राज्यको आर्थिक अवस्थामा सुधार र वृद्धि गर्नेमा पनि ठूलो टेवा पुग्दछ । अर्कोतर्फ उद्योगी, व्यापारी, व्यवसायी र ग्राहकलाई जोड्ने आर्थिक क्रियाकलापले अहिले निकै महत्व राख्दछ । तसर्थ मेला।महोत्सव,प्रदर्शनीलाई उच्च सतर्कताका साथ प्रभावकारी, आयमुखी बनाउन सरोकारवाला लागेर निरन्तर खटिनु पर्ने समय रहेको छ ।

कोभिड महामारी र जोखिम कायमै रहेपनि सञ्चालनमा आएका सबै आर्थिक क्षेत्र,गतिविधिलाई भने निरन्तरता दिँदै अगाडि बढ्न आवश्यक छ । तर,संक्रमणको मन्द उपस्थिति र जोखिमलाई नजरअन्दाज गर्नु भने मूर्खता तथा गम्भिर भूल बन्न सक्दछ । मानवीय जीवनयापनसँगै आर्थिक तथा सामाजिक क्रियाकलापलाई भने निरन्तरता दिइरहँदा स्वास्थ्य सतर्कता र सावधानी पनि अपनाउनु पर्दछ । एकातर्फ स्वास्थ्यनै धन हो,बाँच्नु पर्दछ जीवन अमूल्य हुन्छ भन्ने सिद्धान्त र अर्कोतर्फ धन बाँच्ने आधार र अत्यावश्यक भएको यथार्थका बीच दुबैलाई प्राथमिकता र महत्व दिनुपर्ने अवस्था छ । तसर्थ स्वास्थ्य, जीवनलाई सुरक्षित बनाउँदै आर्थिक तथा जिविकोपार्जनका गतिविधिलाई निरन्तरता दिऔं ।

https://www.globalaawaj.com/archives/154413
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।