ताजा अपडेट »

द्वन्द्वकालिन मुद्दाको छिनोफानो गर्न सत्ता-प्रतिपक्ष बैठक

सोमबार, ०४ कार्तिक २०७६, १४ : ४१
4 Shares

कार्तिक ४,
काठमाडौँ । द्वन्द्वकालिन मद्दाको छिनोफानो गर्नका सत्तापक्ष र प्रतिपक्ष दलको बैठक बालुवाटारमा जारी छ।सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको नेतृत्व चयनदेखी कानुनी प्रावधानलाई टुंगो लगाउन उक्त बैठक जारी राखिएको हो।

दुवै आयोगको नेतृत्व चयन हुन नसक्दा द्वन्द्वकालिन मुद्दाको निरुपण हुन सकिरहेको छैन। आयोगलाई नेतृत्व प्रदान गर्नेदेखी अन्य बिवादका बिषय टुंग्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित उक्त बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्षी दल कांग्रेस नेता शेरबहादुर देउवा बालुवाटारमा छलफलमा छन्। प्रधानमन्त्री ओली आजै असलंग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्दैछन्।उक्त बैठकमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ र उर्जा मन्त्री बर्षमान पुन पनि उपस्थित छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।