ताजा अपडेट »

अनेरास्ववियु प्रथम सचिवालय बैठक : पुर्नजागरणका मुद्दाहरु

विहीबार, ०८ पुस २०७८, १७ : ०५
86 Shares

अनेरास्ववियुको प्रथम केन्द्रिय सचिवालय बैठक यहि पुष १० र ११ गते, पाटि अध्यक्ष केपि शर्मा ओली र अनेरास्ववियू अध्यक्ष सुनिता बरालको गृह जिल्ला झापाको बिर्तामोडमा बस्दै छ । उक्त केन्द्रिय सचिवालय बैठकले ठोस नीति तथा कार्यक्रम निर्धारण गर्दैछ ।

नेपाली विद्यार्थी आन्दोलनको एक धरोहर अनेरास्ववियु, जसले नेपाली क्रान्तिमा महत्वपूर्ण साथै गौरवमय भूमिका खेल्दै आफ्नो छुट्टै पहिचान र इतिहास स्थापित गरेको छ । वर्तमान समयमा सांगठनिक जीवनलाई पुर्नजागरणका निम्ति तिव्र गतिमा चलयमान भएको छ । अहिले अनेरास्ववियुका नेताकार्यकताहरु देशैभरिका शैक्षिक संस्था, पालिका, जिल्ला कमिटी निमार्णमा केन्द्रित भैरहेका छन् । आज लाखौं–लाख विद्यार्थीहरुलाई आफ्नो संगठनमा गोलबद्ध बनाउदै समाजिक, राजनैतिक रुपान्तरणका निम्ति सक्षम नेतृत्वका लागि मन्च प्रदान गर्दैछ ।

अनेरास्ववियु नेकपा एमाले पाटीका लागि भविष्यमा नेतृत्व उत्पादन गर्ने कारखाना पनि हो । जहाँ नेतृत्वले युवा/विद्यार्थी अवस्थामा आफ्नो क्षामता विकासका लागि सिक्ने, खारिने, पोख्त बन्ने अवसर प्राप्त गर्छन् । यसबाट उत्पादित नेतृत्वले पछि भविष्यमा पार्टीलाई र पाटीको माध्यमबाटराष्ट्रलाई नेतृत्व गर्दै क्षामता राख्छन् । विगत र वर्तमान समयमा अनेरास्ववियूको विभिन्न तह र तप्कामा रहि जिम्मेवारी निभाएका नेताकार्यकर्ताहरुले आज नेकपा एमालेको मूल पार्टाीमा महत्वपूर्ण भूमिका निभाइरहेका छन् ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितीलाई हेर्दा अनेरास्ववियु पृष्ठ भुमिबाट खारिएका नेतृत्वको उल्लेखिय उपस्थिति रहेको पाइन्छ । केन्द्रिय पदाधिकारी, स्थायी कमिटि सदस्य, पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य साथै प्रदेश, जिल्ला, पालिका, वडामा पनि अनेरास्ववियूको भट्टिमा खारिएका नेतृत्वको बाख्लो उपस्थिति रहेकोछ ।

हामीले अनेरास्ववियुको संगठानिक पुर्नजागरण भनिरहँदा समाजिक रुपान्तरण र नेतृत्व विकास यसले खेलेका भुमिको, अग्रजले गरेको संघर्ष, बलिदान, त्यागको व्याज खाने कि आफ्नै छुट्टै राजनीतिक खाका कोर्ने किनकी बद्लिदो सामाजिक, राजनैतिक संरचना, विश्वव्यापिकरण, भुमण्डलिकरण, आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रभाव, विश्वव्यापि प्रतिस्पर्दा जस्ता विषयमा भविष्यका कर्णधार मानिने विद्यार्थीका मुद्दाहरु कसरी लिएर अघि बढ्ने, समाजिक रुपान्तरण र न्यायका निम्ति कस्तो संघर्ष गने ? वैचारिक, सगठनिक, सैद्धान्तिक मार्गदर्शन के कस्तो रहने ? आफ्नो मुल मुद्दामा कसरी केन्द्रित रहि स्थापित गर्ने? जस्ता प्रश्न हाम्रो सामु रहेको छन् ।

पछिल्लो समय कोभिड– १९ का कारण शिक्षामा र विद्यार्थीमा परेको असर, भ्रष्टचार, वेथिति, महङ्गी, स्वास्थ्य, रोजगारी र शिक्षा जस्ता विषयहरुमा कस्तो धारण निमार्ण गर्ने?त्यसका विरुद्ध कसरी संघर्ष गर्ने जस्ता विषयमा अनेरास्ववियुको ठोस निर्णय बनाउन आवश्यक छ । केन्द्रिय समितीले सामुहिक छलफलका माध्यमबाट विज्ञहरु, पार्टीका नेतृत्व, अघिल्ला पुस्ताका नेतृत्वको सल्लाह बमोजिम अघि बढ्न जरुरी देखिन्छ । अनेरास्ववियू एक विद्यार्थी संगठन भएकाले यसको प्रमुख मुद्दानै विद्यार्थी र शिक्षा प्रमुख हो । यदि विद्यार्थी हकहित, अधिकार र सुलभ र गुणस्तरीय शिक्षा बिना, भविष्यको कर्णधार मानिने विद्यार्थीलाई न्याय गर्न सकिदैन । त्यतिन्जेल विद्यार्थी संगठन र नेतृत्व आफ्नो मुद्दा बिना स्थापित हुन सक्दैन ।

अनेरास्ववियुको प्रथम केन्द्रिय सचिवालय बैठकमा पदाधिकारी, स्थायी कमिटी र सचिवाल सदस्यहरुले वृहत छलफल र वहसका माध्यम बाट सश्लेषण, विश्लेषण गदै ठोस कार्यदिशा निधारर्ण गदै केन्द्रिय तह हुदै विद्यालय सम्म पुर्नजागरण अभियान सन्चालन गर्न सक्नु पर्छ । पुर्नजागरण अभियान चलाइरहर्दा संख्यात्मक वा गुणात्मक सदस्य निमार्ण गर्ने तिर पनि ध्यान जान जरुरी छ । त्यसका लागि निम्न विषयहरुमा केन्द्रित रहि छलफल र बहस आवश्यक देखिन्छ ।

इतिहासको समिक्षा र वर्तमानलागि कार्य दिशा
वि.सं २०२२ मा स्थापना भएदेखि हालसम्म अनेरास्ववियुले शिक्षिक क्षेत्रमा मात्र सिमित नभएर राष्ट्रको राजनैतिक आन्दोलनको अभिन्न अङ्ग बन्दै करिब साढेदुइ शताब्दी लामो राजतन्त्रात्मक शासन व्यवस्था, पन्चायति व्यवस्था, हिन्दु व्यवस्थामा आधारित उच्च जातीय सामन्ती केन्द्रिकृत र एकात्मक राज्यका अवशेष भत्काउँदै संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणका निम्ति इतिहास देखि हालसम्म महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । आफ्नो मातृ पाटि नेकपा एमालेलाइ प्रमुख राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न पनि खास योगदान गरेको छ ।

आज वि.स. २०२२ देखि आजको मिति सम्म आइपुग्र्दा नेपाली समाजको राजनैतिक, आर्थिक, समाजिक संरचनाहरु परिवर्तन भएका छन् । आज सिमित शैक्षिक स्तरबाट निजि र विश्वव्यापी रुपमा प्रवेश गरेको छ । आज पनि समाजमा विभिन्न प्रकारका विभेद्धहरु रहेका छन् । यस्तो अवस्थामा हाम्रो यस विद्याथी संगठनले के कस्तो उपलब्धिहरु हासिल ग¥यो, बाकी के छन् ।

अबको बद्लिदो समाजमा कस्तो नीतिका माध्यमबाट समाजमा समृद्धि र विकास ल्याउन सकिन्छ । समाजिक न्याय स्थापित गर्न सकिन्छ ? कसरी नेपाली शिक्षालाई विश्व स्तरीय बनाउन सकिन्छ साथै नेपाली विद्यार्थीहरुलाई विश्व स्तरमा प्रतिस्पर्धी बनाउन सकिन्छ । सैद्धान्तिक शिक्षा भन्दा व्यवहारीक शिक्षाका माध्यमबाट क्षामतावन, शिपमुलक जनशक्तिका निम्ति राज्यतह, स्थानीय तहबाट के कस्तो गर्न सकिन्छ, स्पष्ट हुन आवश्यक छ । त्यसका लागि इतिहास देखि वर्तमान सम्मका सम्पुर्ण पक्षहरुको समिक्षा गर्नु पर्ने देखिन्छ ।

विद्यार्थीको हक अधिकार सुनिश्चितता
नेपालको सविधान २०७२ को भाग तीन मौलिक हक र कर्तव्य आन्र्तगत धारा १६ देखि ४८ सम्म मौलिक हकलाई उल्लेख गरेको छ । जस आन्तगत धारा ३१ मा शिक्षा सम्बन्धी हक रहेको छ । ति धारा अन्तर्गत रहेका ५ वटा उपधारालाई कार्यन्वयन गर्न पहल कदम चाल्न जरुरी छ ।
आज नेपालमा आर्थिक असमानता, भौगोलिक, लैङ्गिक, भाषिक आदिकारणले बालबालिकाहरु शिक्षा देखि बन्चित छन् । विद्यालय गएकाहरु पनि माध्यमिक तह सम्म पुग्दा ९० प्रतिशतले स्कुल छाड्ने प्रवृति रहेको छ ।

शिक्षा क्षेत्र पनि हुनेखाने र हुर्दा खाने वर्गकोलागि विभागित छ । यस्तो विकराल अवस्थामा नै हामीले प्राप्त गर्ने शिक्षाले नै वर्ग निमार्ण गर्नमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । आज अनेरास्ववियू विद्यार्थी आन्दोलनको एक अभिभावक भएका नाताले हरेक विद्यार्थी समान शिक्षा पाउने वतावरणको सुजिश्चितता गर्न आवश्यक छ । गुणस्तरीय शिक्षा, समान पहँच, सर्वसुलभ, शैक्षिक क्यालेण्डर लागु जस्ता विद्यार्थीहरुका हकअधिकारको सुनिश्चितता हुन आवश्यक छ ।

समावेशी संगठनको निर्माण
करिव ७ लाख भन्दा बढी सदस्य रहेको यो सङ्गठन देशकै ठुलो विद्यार्थी सङ्गठन हो । शैक्षित आन्दोलन सगै नेतृत्व निमार्ण पनि गर्ने भएकाले हरेक जात, जाति, क्षेत्र, लिङ्ग, वर्ग र समुदायका विद्यार्थीलाई समावेश गरि उनिहरुको नेतृत्वलाई निखारिने मौका दिन जरुरी छ । नेकपा एमालेले आफ्नो १० अऔं राष्ट्रिय महाधिवेसनमा ९ ओटा क्लष्टर छुट्टाएर नेपालको संविधान २०७२ को समावेशिकरणलाई लागु गरेको पाइन्छ । तसर्थ अनेरास्ववियुले आफ्नो प्रारम्भिक कमिटदेखि केन्द्रिय कमिटी सम्म कस्तो प्राक्टिस गदै आइरहेको छ, पुर्नलोकन गर्न गरुरी छ ।

विभिन्न क्षेत्रबाट प्रतिनिधि गर्ने विद्यार्थीहरुले यस सङगठनको माध्यमबाट आफ्नो नेतृत्व विकास गर्ने अवसर पाएका छन् कि नाइँ भन्ने कुरा प्रमुख हो किनभने आजको विद्यार्थी भोलिको देशको कर्णधार भनेझैँ आजको विद्यार्थी नेता कार्यकर्ता भोलि देशको नेता हो । त्यसैले आज हामीले विकासको कुरा गरिरहँदा त्यसमा सबै जति,सबै भाषी, लिंग, समुदायको उपस्थिति हुन जरुरी छ । त्यसका लागि सबै क्षेत्रबाट नेतृत्वको विकास हुनु जरुरि छ। आज अनेरास्ववियुलाई सुजन खरेलदेखि नबिना लामासम्मले नेतृत्व गरिरहँदा कति जना दलित , महिला, मधेशी, जनजाती अल्पसंख्यकले नेतृत्व गर्ने अवसर पाए वा कति जनाले पदाधिकारी, स्थायी कमिटि वा विभाग प्रमुख बन्ने अवसर पाए? प्रश्नको उत्तर त्यति सन्तोष जनक छैन । अबको अनेरास्ववियू समावेशी बनाउन जरुरी छ ।

कस्तो नेतृत्व उत्पादन गर्ने
अहिले अनेरास्ववियूले विभिन्न कमिटीहरु निमार्ण गर्दै छ । तर, कमिटी निमार्ण गरिरहर्दा हामी बनाउनका निम्ति बनायदै छौ कि साच्चिकै असल नेतृत्व उत्पादन गर्दै छांै कि मात्र बनाउनका लागि बनाउदे छौ, ध्यान दिन जरुरी छ । हामीले ति जोडिएका नेतृत्वलाई कस्तो प्रकारले प्रशिक्षित गदै छौ । उनिहरुले कसरी आफ्नो क्षमता, नेतृत्व विकास गर्दैछन् भनेर अनेरास्ववियूका नेतृत्व सजक हुन जरुरी देखिन्छ ।

आयआर्जन र उद्यमशीलता
आज हाम्रो शिक्षा सैद्धान्तिक मात्र हुनाले शैक्षिक बेरोजगारीको संख्या बढ्दो छ । त्यसका लागि विद्यार्थी जिवन बाटै कसरी हरेक विद्याथीलाई आर्यआर्जनमा जोड्न सकिन्छ भनेर ठोस कार्य योजना बनाउन जरुरी देखिन्छ । कसरी संघ, प्रदेश र स्थानीय सरकारलाई बढी भन्दा बढी त्यस बिषयमा जिम्मेवारी बनाउन सकिन्छ भनेर सहकार्य साथै सम्बन्धित निकायलाई सचेत गराउन आवश्यक देखिन्छ ।

समाजिक रुपान्तरण र विभेद्ध विरुद्ध
विद्यार्थीहरु चेतनशिल हुन्छन् । चेतनशिलहरु समाजमा हुने हरेक प्रकारको विभेद्ध विरुद्ध आवाज उठाउँछन् । आज नेपाली समाजमा जात, लिङ्ग, क्षेत्र, वर्ग, भाषाको आधारमा विभेद्ध भैरहेको छ । यस्ता खाले विभेद्ध विरुद्ध अनेरास्ववियूले कसरी आफ्ना विद्यार्थी नेताकार्यकर्ताको माध्यमबाट स्कुलदेखि घर, समाजमा कसरी कार्यक्रम सञ्चालन गर्छ र समातामुलक समाज निमार्णको लागि खाका कस्तो छ ? स्पष्ट हुन आवश्यक छ ।

वर्तमान समय निकै नै गतिशिल छ । विज्ञान र प्रविधिको उच्च विकासले विश्व साधुरो बन्दै छ । आज एक टोल, जिल्ला मात्र नभएर विश्वले एकै ठाउँमा प्रतिष्पर्धा गर्ने मन्च बन्दै छ । यस्तो अवस्थामा हामी कस्तो शिक्षा र विद्यार्थी निमार्णका आन्दोलन गदै छौ । समस्यहरु धेरै छन् । नेपाली राजनीतिक, समाजिक, आर्थिक, सास्कृतिक, भौगोलिक अवस्थाहका जटिलता छ । तर पनि उक्त सचिवालय बैठकले साझा निर्णय निर्माण गर्नेछ । जुन निर्णयले वर्तमान समयलाई नेतृत्व गर्न सक्ने छ ।-(लेखक अनेरास्ववियुको सचिवालय सदस्य हुन्)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।