ताजा अपडेट »

५ लाख ५० हजार ‘अपराधी’लाई जापान सरकारले माफी दिने

सोमबार, ०४ कार्तिक २०७६, १४ : ३८
8 Shares

कार्तिक ४,

टोकियो । जापान सरकारले ५ लाख भन्दा धेरै अपराधीहरुलाई माफी दिने भएको छ । सरकारले सम्राट नारुहितोको राज्याभिषेक समारोहको अवसर पारेर ५ लाख ५० हजार अपराधीहरुलाई माफी दिने घोषणा गरेको हो । यसरी माफी पाउनेहरुमा कम्तीमा पनि तीन वर्षअघि सा–साना अपराधमा दोषी पाइएकाहरु भएका बताइएको छ । यसले राष्ट्रिय लाइन्सेन्स उल्लंघन गर्नेहरुमाथिको प्रतिबन्ध स्थायी रुपमा हटाउने र नागरिक अधिकार पुनःस्थापित गर्ने छ । जेल सजाय पाएका र कठोर सजाय पाएकाहरुका लागि भने माफी दिइने छैन । तिनलाई न आममाफी दिइनेछ न त सजाय नै घटाइनेछ ।

यसअघि यस्तो माफी सन् १९९३ मा सम्राटको विवाहको बेलामा दिइएको थियो । यसपटक दिन थालिएको माफी सीमित र यसअघिको तुलनामा सानो भएको सरकारी भनाई छ ।सन् १९८९ मा सम्राट हिरोहितो मृत्यु यता १ करोडभन्दा धेरै मानिसहरुले माफी पाएका छन् । सन् १९९० मा पूर्वसम्राट अकिहितोको राज्यारोहणको बेलामा २५ लाखलाई माफी दिइएको थियो । यसपटक माफी दिन थालिएको ५ लाख ५० हजारमध्ये ६५ दशमलव २ प्रतिशत सडक नियम उल्लंघन गर्नेहरु छन् । सडक दुर्घटनामा मृत्यु वा चोटपटक गराएकाहरुको संख्या भने १७ दशमलव ४ प्रतिशत छ । त्यस्तैगरी, अक्रमण र चोटपटक गराउनेको संख्या ३ दशमलव ३ प्रतिशत छ भने चोरीका आरोप लागेको संख्या २ दशमलव ६ प्रतिशत छ । -एस क्षेत्री /घटना र बिचार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।