ताजा अपडेट »

यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

सोमबार, ०४ कार्तिक २०७६, १३ : ५०
8 Shares

कार्तिक ४,

काठमाडौं । पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको जानकारी गराएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गरी समितिले कात्तिक १० गते कुकुर तिहार र लक्ष्मीपूजा परेको जानकारी दिएको हो ।

कात्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कात्तिक ९ गते शनिबार कागतिहार पर्ने सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताएका छन् । हरेकजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने कुकुर तिहारको दिन परेको हो । त्यस्तै कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ । तर नेपाल सम्वतको प्रारम्भ भने कात्तिक १२ गतेमात्र हुनेछ । म्ह पूजाको दिन नै नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ । भाइटीका कात्तिक १२ गते पर्ने र शुभसाइत दिनको ११ः५५ मा रहेको समितिका सदस्य सचिव ढुंगेलले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।