ताजा अपडेट »

गायक पवनको ‘रातो भाले’ सार्बजनिक (भिडियो सहति)

सोमबार, ०४ कार्तिक २०७६, १२ : ०४

कार्तिक ४,

ग्लोबल आवाज
गुल्मी । गायक पवन परियारले नयाँ गीत ‘रातो भाले’ सार्बजनिक गरेका छन् । तिहार पर्वको मुखैमा परियारले भने ‘रातो भाले’ बोलको फास्ट बिटको गीत सार्बजनिक गरेका हुन् । गायन क्षेत्रमा उज्जल प्रतिभा परियारले पछिल्लो समय यता धेरै लोक दोहोरी गीतहरु बजारमा ल्याएका छन् । गायनसँगै लेखन, मोडलिङ क्षेत्रमा रहेका परियारले पछिल्लो ‘रातो भाले’ गीत फरक खालको रहेको बताए ।


लय, शब्द स्वर परियारकै एकल स्वर रहेको छ । गीत रमाइलो पाराको शब्द रहेको छ । अजम्बरी भन या कुन छ आज मरे भोली दुई दिन हुन्छ भन्ने शब्द गीतमा रहेको छ । जीन्दगी मरेर लानु केछर बाचुनजेल रमाइलो गरौं भन्ने कथा बस्तु गीतमा रहेको गायक पवन परियारले बताए । रमाइलो शैलीमा तयार रहेको गीत फरक खालको शब्द संगीत रहेको छ । गीतले बाचुनजेल रमाइलो गरौं भन्ने खालको मुख्य भाव पाउन सकिने गायक परियारले बताए । पवन परियार नामको युट्युव च्यानलबाट सार्बजनिक गीत धेरै दर्शक श्रोताले मन पराउने परियारको भनाई छ ।

https://youtu.be/_H22yHhO2VI
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।