ताजा अपडेट »

आज देशका कुन-कुन भागमा हुनसक्छ वर्षा र हिमपात ?

बुधबार, १६ माघ २०७५, ०८ : २०

माघ १६ ,

काठमाडौं । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

बिहीबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो साताभरि नै सामान्यतया मौसम बदली भए पनि गत साताको जस्तो वर्षा नहुने विभागका मौसमविद् गङ्गा नगरकोटीले बताए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।