१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

असोज ४,
काठमाण्डौं । चिलीको राजधानी स्यान्टिएगोमा विरोधप्रदर्शन चलिरहेका बेला लुटेराहरूले राजधानीनजिकै अवस्थित एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँच जनाको मृत्यु भएको छ। मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्। मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म प्रतिविम्बित भएका छन्। अवस्था बिग्रँदै गएपछि बढाइएको भाडा दर स्थगित गरिएको छ।

राष्ट्रपति सेबास्टियन पीनेराले सरकारको प्रतिक्रियाको बचाउ गरेका छन्। अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि बोल्दै उनले भने, “मलाई लाग्छ कि प्रजातन्त्रमा केवल अधिकार मात्रै हुँदैन, प्रजातन्त्रले प्रदान गर्ने सबै साधन प्रयोग गरेर आफ्नो बचाउ गर्नु पनि प्रजातन्त्र हो।” शुक्रवार उनले देशका पाँचवटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेपनि देशभरि प्रदर्शन जारी छ। उक्त सङ्कटकालअन्तर्गत मानिसहरूलाई भेला हुन र आवतजावत गर्न रोक लगाइएको छ। अगस्टो पिनोसेको तानाशाही शासन सकिएपछि सन् १९९० मा चिलीमा प्रजातन्त्रमा पुनर्स्थापना भएयता पहिलोपटक हजारौँ सैनिक र पानीका ट्याङ्करहरू राजधानी र अन्य सहरका सडकहरूमा पठाइएका छन्। आइतवार लुटपाट र आगजनी निरन्तर भयो र प्रदर्शनकारीहरूले थप बस जलाए, मेट्रो स्टेशनहरूमा तोडफोड गरे र दङ्गा प्रहरीसँग झडप गरे।

प्रदर्शनकारी

राजधानी स्यान्टिएगोमा सबैजसो सार्वजनिक यातायात बन्द छन्, अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका उडानहरू रद्द भए र पसलहरू बन्द रहे। शनिवार दुईवटा सुपरमार्केटमा भएका हमलामा तीन मानिसको ज्यान गयो। देशभरि १४ सय मानिसहरू थुनामा रहेका छन् भने अधिकारीहरूका अनुसार प्रहरीसँगको झडपपछि दुई जना गोली लागेर घाइते भएका छन्। सार्वजनिक यातायातको भाडादरमा वृद्धि भएको विषयबाट उठेको उक्त अशान्तिमा शुक्रवारयता आठ जनाको ज्यान गइसकेको छ। -बीबीसी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्राम बासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै