१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

कार्तिक ३,
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एकै दिन ८१ वटा कम्पनीको सूचीकरण खारेज गरिदिएपछि सेयर कारोबार सुस्ताएको छ। उक्त कम्पनीले धितोपत्र नवीकरण शुल्क नबुझाएको कारण नेप्सेले सूचीकरण खारेज गरिदिएको हो। सूचीकृत कम्पनीको खारेजी गर्दा आज (आइतबार) सेयर कारोबार रकममा कमी आउन पुगेको छ। दैनिक २० करोडको हाराहारीमा कारोबार हुँदै आएकोमा आज ११ करोड ३३ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुन पुगेको छ।

कारोबार रकमसँगै नेप्से पनि ओरालो लागेको छ । नेप्से साताको पहिलो दिन आज (आइतबार) ४.०३ अंकले घटे ११३३.७१ मा आइपुगेको छ। सूचीकरणवापत वार्षिक शुल्क बुझाउनुपर्छ। प्रत्येक वर्ष असोज मसान्तपछि कैयौं कम्पनीको सूचीकरण खारेज हुने गरेको छ। उनीहरूले पछि शुल्क बुझाएपछि कारोबार सुचारु हुन्छ। ८१ मध्ये सातवटा कम्पनीले आजै शुल्क बुझाएका कारण कारोबार खोलिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। नेप्सेले लघुवित्त समूहमा सूचीकृत १९ कम्पनी, ट्रेनिङ समूहका तीन, होटेल समूहका २, उत्पादनमूलक समूहका ११, विकास बैंकका १८, बिमाका दुई, फाइनान्सका ११ र जलविद्युतका १३ गरी ८१ कम्पनीको सूचीकरण खारेज गरिदिएको हो। तर, त्यसमध्ये सातवटाले शुल्क तिरेका कारण आजबाट कारोबार खुला गरिएको जानकारी पनि पराजुलीले दिए। हाल २ सय १७ कम्पनी नेप्सेमा सूचीकृत छन्। नवीकरण शुल्क नबुझाएसम्म उनीहरूको कारोबार हुँदैन। समयमै सूचीकरण शुल्क बुझाउनेमा वाणिज्य बैंकहरू छन्। वाणिज्य बैंक समूहबाट कुनै पनि कम्पनी खारेजीमा परेका छैनन्।

८१ कम्पनीको सूचीकरण खारेजी भएका कारण दोस्रो बजारमा किनबेच सुस्त देखिएको छ। उक्त दिन ११ वटा समूहको सूचक घटेका छन्। सबैभन्दा बढी जीवन बिमा कम्पनी समूहको सूचक २३.३७ अंकले घटेको छ। निर्जीवन बिमा कम्पनी समूहको सूचक १६.७३ र ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंक समूहको सूचक ३.९३ अंकले घटेको छ।उक्त दिन प्रभु बैंकको सेयर सबैभन्दा बढी १ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको सेयरको कारोबार एभरेष्ट बैंकको भएको छ। उक्त बैंकका ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी सेयर कारोबार हुने एनआइसी एसिया बैंकको सेयर रहेको छ। उक्त बैंकको ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। – नेपालन्यूज

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा दसैंको मुखमा नक्कली नोटको बिगबिगी रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ