ताजा अपडेट »

के वायु प्रदुषणले पनि मानसिक रोग हुन्छ?

आइतबार, ०३ कार्तिक २०७६, १६ : ११
6 Shares

कात्तिक ३, काठमाडौँ ।
साधारणतया दूषित हावा(वायु प्रदुषण)ले मानिसको स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ। खासगरी वायु प्रदुषणले मानिसको फोक्सोमा खराबी हुन्छ भन्ने आम बुझाई छ।तर, एउटा नयाँ अध्ययनअनुसार वायु प्रदुषणका कारण अहिले कैयौं मानसिक रोगका बिरामीहरु देखिएका छन्।

अमेरिका र डेनमार्कमा लाखौं बिरामीहरुमाथि गरिएको एउटा अध्ययनमा दुबै देशका बिरामीलाई उस्तै रोग देखिएको थियो।शिकागो विश्वविद्यालयका प्रध्यापक तथा सोधकर्ता एन्ड्रे रेजत्स्कीले भनेका छन् ‘मानसिक रोगका कारणहरु धेरै छन्। तर, अहिले वायु प्रदुषण यो रोगका लागि एउटा नयाँ कारण बनेर आएको छ।’ यद्यपि यो अध्ययनको निकै आलोचना पनि भएको छ। मानिसहरुले यो विषयमा फेरि थप अध्ययन गर्न सुझाव दिएका छन्। विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्कले वायु प्रदुषणका कारण वर्षेनी ७ लाख मानिसहरुको मृत्यु भइरहेको जनाएको छ। - एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।