ताजा अपडेट »

रुपन्देहीमा युवा उद्यमी सम्मेलन, ३५० बढी उद्यमी एकैठाउँमा

शनिबार, ०३ पुस २०७८, ०८ : ०७
4 Shares

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानामा पहिलो पटक युवा उद्यमी सम्मेलन आज(शनिवार) आयोजना हुँदै छ । तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा रहेको होटल एसआर प्रालिमा आयोजना हुने युवा उद्यमी सम्मेलनमा देशभरबाट युवा उद्यमीहरु सहभागी भएका छन् ।

युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा संभावनाको विषयमा सरकार, युवा र उद्यमशिलताको विषयमा सम्मेलन केन्द्रीत हुने अध्यक्ष प्रदिप शाक्यले जानकारी दिए । स्वदेश भित्र नै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि पहिलो पटक रुपन्देहीका यस्तो प्रकृतिको कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्मेलनमा विभिन्न उद्यमहीले आफ्नो प्रस्तुती समेत दिने छन् भने सरकारी तर्फबाट प्रदेश योजना आयोगको समेत प्रस्तुतीकरण रहने छ ।

कार्यक्रम संयोजक सन्देश श्रेष्ठका अनुसार २ सय देखि ३ सय ५० भन्दा बढि युवा उद्यमीहरुको सहभागीता हुने अपेक्षा लिइएको छ । सम्मेलनमा लोट्स होल्डीङ्गका संस्थापक अजित विक्रम शाह, ई–सेवा फोन पे प्रालिका अध्यक्ष अग्सर अली, टोलेका संस्थापक शिक्षित भट्ट्, कारखानाका संस्थापक पवित्रा गौतम, कृषि विज्ञ राजेन्द्र देवकोटा, अन्तरप्रेणाका संस्थापक निरज खनाल, थ्रि एच म्यानेजमेन्टका सिईयो महोनवाबु कार्की, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य तथा प्रवक्ता डा. दामोद भुषाल, मेघा बैंक लिमिटेडका प्रबन्धक विप्लब त्रिपाठी, सिद्धार्थ ईनरनेशनल कलेजका प्रध्यापक राम प्रसाद खरेल, मेल्टीज बुटवलका प्रविना खनाल, साधना नेपाल ईन्ड्रष्ट्रीजका संस्थापक हिमाल बेल्बास लगायतको विशेष प्रस्तुतीकरण रहने छ ।

युवा सम्मेलनबाट खासगरी युवा उद्यमीहरुको विचमा सम्पर्क सवाल विस्तार, नयाँ आउन लागेका उद्यमहीहरुको विचमा प्रेरेणादायी सम्बन्ध विस्तारका साथै व्यवसायीक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टा छुट्टै प्यानल छलफल कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।