ताजा अपडेट »

सांसद आलममाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

आइतबार, ०३ कार्तिक २०७६, १५ : ०१
6 Shares

कार्तिक ३,
काठमाडौँ । बम विस्फोटका घाइतेलाई इट्टा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ । रौतहट जिल्ला अदालतले आलममाथि अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको समय दिएको हो । पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि ५ दिन थप गरिएको हो ।

आलमले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका बेला आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोप लागेको छ । प्रहरीले उनलाई असोज २६ गते पक्राउ गरेको थियो ।आलमले पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् । दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् । आइतबार तेस्रो पटक उनलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।