१४ माघ २०७९, शनिबार

Jan 28, 2023

कार्तिक ३,

काठमाडौं । सरकारले विश्वका विभिन्‍न देशमा ‘नेपाल भ्रमण वर्ष ‘सद्‍भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्‍न मुलुकमा तत्काल सद्‍भावना दूतहरु नियुक्त गर्ने तयारी गरिएको बताए। त्यसका लागि उनले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पनि आग्रह गरेका छन्।

आइतबार एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवर्द्धन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे। उनले नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए। विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवर्द्धन गर्ने काममा समस्या देखिएको पनि मन्त्री भट्टराईको भनाई थियो । मन्त्री भट्टराईले जननिर्वाचित तीनै तहको सरकारहरुले काम गरिरहेकाले मुलुकमा छिट्टै सुशासन आउनेमा आश्वस्त हुन पनि सबैलाई आग्रह गरे। मन्त्री भट्टराईले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा सरकारले यथोचित ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। – थाहाखबर

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ यस्तो रहनेछ आजको मौसम सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित) रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब