ताजा अपडेट »

‘गोविन्द केसीको माग पूरा गरे प्रधानमन्त्रीको जित हुन्छ’

बुधबार, १६ माघ २०७५, ०८ : ०६
10 Shares

माघ १६,

काठमाण्डौं ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसामू आमरण अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताएकी छन् ।

बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेकी उनले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताइन् । कार्कीले अघि भनिन्, ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो उहाँकै लडाईबाट आएको हो । त्यसमा अलिकति माथेमा कार्यदलको छ ।’

सरकारले थोरै मागलाई किन अड्काएर जिद्दी गरेको आफूले नबुझेको उनले बताइन् । ‘डा. केसीको माग पुरा गर्‍यो भने राष्ट्रको जित हुन्छ, प्रधानमन्त्रीको जित हुन्छ’ उनले भनिन्, ‘उहाँको माग पूरा हुन्छ । ढिला गर्नु बेकार छ ।’

प्रधानमन्त्रीले डा. केसीलाई तपाईंको माग पूरा गर्छु भनेर वचन दिएको स्मरण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘डा. केसी सन्यासी हो । आफ्ना लागि केही चाहिएको छैन । उहाँको माग पूरा होस् भन्ने प्रधानमन्त्रीको मनमा पनि लागेको होला ।’

डा. केसीको माग पूरा गर्न ढिला भइसकेको उनले बताइन् । कार्कीले भनिन्, ‘मलाई लाग्दैन कि यसरी व्यक्तिलाई मारिन्छ । यदि इन्कार गर्‍यो भने तीन करोड नेपालीको भावनामा ठूलो प्रहार हुन्छ । कहिल्यै नर्विसन चोट लाग्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।