ताजा अपडेट »

टिपिएल : पहिलो खेलमा बुटवल युनाइटेड विजयी

आइतबार, ०३ कार्तिक २०७६, १३ : ११
2 Shares

कार्तिक ३,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा जारी सर्वोत्तम सिमेन्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा बुटवल युनाइटेडले तिनाउ टाइटनसलाई १३ रनले पछि पार्दै विजयी भएको छ । टस जितेर पहिले व्याटिङ गरेको बुटवल युनाइटेडले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । बुटवलका लागि मृनल गुरुङले ५२ बलमा सर्वाधिक ४५ रन बनाएका थिए । जीतका लागि दोहोरो अंक बटुल्ने अन्य व्याट्स म्यानहरु मैयुद्धिन खानले ३० रन, अमित तामाङले ११ रन तथा प्रनित थापा मगरले १० रनको योगदान गरे ।

अन्य व्याटसम्यानहरु बिशाल भटट्राई र कुशल मल्ल्ले समान ७ सात र सन्दिप क्षेत्री ६ , भीम खत्रीले ५ तथा सुशान भारीले १ रन बनाए । बलिङ तर्फ तिनाउ टाइटनसका सुबास बिकेले उत्कृष्ट खेल प्रर्दशन गर्दै ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिएका थिए । अन्य खेलाडीहरु अर्जुन गिरी र सन्दिप जोराले समान १/एक बिकेट लिए । १४२ रनको विजय लक्ष्य पाएको तिनाउले जवाफि व्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा सबै बिकेट गुमाएर १२८ रनमा समेटिदा जित दर्ता गर्नबाट चुकेको हो । तिनाउका लागि सन्दिप जोराले २९ रन बाहेक अन्य ब्याटसम्यानहरुले समानजनक रन बनाउन नसक्दा हार व्यहोर्नुपरेको हो । दोहोरो अकं बनाएका अन्य व्याटसम्यानहरु अजय कुमार लुनियाले २३, मान बहादुर थापाले १६, राजु शाहनीले १५, प्रकाश के सिले १४ र अर्जुन गिरीले १० रन बनाएका थिए ।

तिनाउलाई सस्तैमा समेट्नका लागि बुटवलका महिद्धिन खानले ४ ओभरमा २३ खर्चिएर तथा राहुल प्रजापतिले समान ४ ओभरको खेलमा २० रन खर्चिएर ३/तीन बिकेट लिए । अर्का बलर सुसान भारीले ४ ओभरमा २२ रन खर्चिदै २ बिकेट लिएका थिए । तिलोत्तमा नगरपालिका वडा नं. ६ मा जारी प्रतियोगिता अन्तरगत आजको दोस्रो खेलमा रोयल शंकरनगर र सुपर–११ भैरहवाका बीच प्रतिस्पर्धा भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।