ताजा अपडेट »

सांसद पार्वत गुरुङ अदालतमा उपस्थित

आइतबार, ०३ कार्तिक २०७६, ११ : ५५
8 Shares

कार्तिक ३,
काठमाडौँ । ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोग लागेका नेकपाका सांसद पार्वत गुरुङ आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । गुरुङ आफ्ना कानुन व्यवसायीसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।गुरुङलाई केही दिन अघि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको थियो । ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोग लागेका नेकपाका सांसद पार्वत गुरुङ आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । गुरुङ आफ्ना कानुन व्यवसायीसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

गुरुङलाई केही दिन अघि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको थियो । वीरध्वज खड्काको जाहेरीमा २९ वैशाख ०७६ मा काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । सांसद गुरुङले यस अघि केन्द्रबिन्दुसंग कुरा गर्दै ३५ दिनको पक्राउ पुर्जी जारी भएकाले म्यादभित्रै आफु अदालतमा उपस्थित हुने बताएका थिए। ०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो । त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट तत्कालिन एमाले उम्मेदवार बनेका गुरुङ सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । - केन्द«बिन्दु

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।