काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको मतगणना बुधबार साँझदेखि सुरु गर्ने तयारी भएको छ । सभापतिततर्फको मतगणनाको नतिजा आएसँगै पदाधिकारीतर्फको मतगणना सुरु गर्न लागिएको छ ।
राजधानीको प्रदर्शनीमार्गमा सोमबार भएको मतदानको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ भने सो मतपेटिका बेलुकादेखि खोलेर गणना गर्न सुरु गरिने काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । उनका अनुसार मतगणनाका लागि आज पार्टी कार्यालयमा बैठक बसेको र सबै प्रक्रिया सुरु गरेर साँझदेखि पदाधिकारीतर्फको गणना सुर गरिनेछ ।
सोमबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । सो मत भृकुटीमण्डपबाट पार्टी कार्यालयमा लगेर राखिएको थियो ।
प्रतिक्रिया