२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

कार्तिक ३,
काठमाडौँ । अमिताभ बच्चनले आफ्नो बिरामीको विषयमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सञ्चार माध्यमहरुमा आएको समाचारको विषयमा आफ्नो धारणा व्यक्त गर्दै बिरामी हुनु र उपचार गर्नु व्यक्तिगत अधिकार भएको बताएका हुन् । उनले यस्तो विषयमा सञ्चारमाध्यमले व्यक्तिगत रुपमा शोषण गरेको आरोप समेत लगाएका छन् । उनले अस्पतालमा भर्ना भएको समाचारलाई शोषण र सामाजिक रुपमा अवैध भएको समेत उल्लेख गरेका छन् । 

अमिताभले लेखेका छन्, ‘कृपया, पेसागत नियम कानुनलाई नतोड्नुहोस् । बिरामी हुनु र उपचार गर्नु गोपनीयताको हक हो । यस्ता कुरालाई कारोबारको रुपमा प्रयोग गर्नु सामाजिक रुपमा गलत हो । सम्मान गर्नुस् र कुरालाई सम्झिनुस् । दुनियाँमा सबैकुरा बेच्नको लागि होइन ।’उनले उनको शिघ्र स्वास्थ लाभको कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन् । केहीसमय अगाडि सञ्चार माध्यमहरुमा अमिताभ बच्चन अस्पताल भर्ना भएको दाबी गर्दै समाचारहरु बाहिरिएको थियो । उनले आफ्नो ब्लगमा उक्त समाचारको खण्डन गरेका हुन् । – एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा नारायणी नदीले सतर्कता पार गर्यो पाल्पा-गुल्मी सडक खुल्यो, लुम्बिनीका आधा दर्जन बढी सडक अवरुद्ध अष्टमीमा घरबाट निस्केका पाल्पाका २ युवाको दशैंमा शव फेला कसरी जुराइन्छ समुद्री आँधीको नाम ? आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु