ताजा अपडेट »

टिपिएल : बुटवलद्वारा तिनाउलाई १ सय ४२ रनको लक्ष्य

आइतबार, ०३ कार्तिक २०७६, ११ : ०८
6 Shares

कार्तिक ३ ,
ग्लोबल आवाज

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा जारी सर्वोत्तम सिमेन्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा टस जितेर पहिले व्याटिङ्ग गरेको बुटवल युनाइटेडले १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइटेडले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पारेको हो । बुटवल युनाइटेडलाई मध्यम स्कोरमा समेट्नका लागि बलिङ्गतर्फ तिनाउ टाइटन्स्का सुवास बिकले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा १३ रन खर्चेर १ मेडन ओभर खेल्दै ३ विकेट लिए ।

तिनाउका लागि अर्जुन गिरि र सन्दिप जोराले समान १/१ विकेट लिएका थिए । उत्कृष्ट फिल्डिङ गर्दै प्रकास केसी र राजु शाहानीले बुटवल युनाईटेडका सुसन भारी र मृनल गुरुङ्गलाई पेभिलियन फर्काएका थिए । ब्याटिङ्गतर्फ बुटवलका मृनल गुरुङ्ग, प्रनित थापा मगर, मैनुद्धिन खान र अभित तामाङ बाहेक अन्यले दोहोरो अंकजोड्न सकेनन् । टिमका लागि मृनलले ४५, मैनुद्धिनले ३० र अमितले ११ र प्रजितले १० रनको योगदान गरे । १ सय ४२ रनको लक्ष्य सहित अहिले तिनाउ टाइटन्सले ब्याटिङ्ग गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।