ताजा अपडेट »

सरकारी निकायले प्राथमिकता नदिदाँ बसपार्क र काउन्टर भवन अलपत्र

आइतबार, ०३ कार्तिक २०७६, ११ : २१
8 Shares

कात्तिक ३,
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा निर्माणाधिन टिकट काउन्टर भवन अलपत्र परेको छ । ०७१ सालबाट निर्माण कार्य सुरु भएको भवन सरकारी निकायले प्राथमिकता नदिदाँ बर्षौदेखि अलपत्र परेको हो । जिल्लाको सदरमुकाम तम्घासमा रहेको टिकट काउन्टर भवन अलपत्र पर्दा बसपार्क पनि व्यवस्थित हुन सकेको छैन् । बर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुनु उदिनढुङ्गा बसपार्कको विशेषता बनेको छ । जसले गर्दा यातायात व्यवसायी तथा स्थानीयले हैरानी खेप्दै आएका छन् । बसपार्कको आधार निर्माण गरेकै करिव दुई दशक भए । तर अझै व्यवस्थित हुन सकेको छैन् ।

बसपार्क व्यवस्थित बन्ने आशमा स्थानीय ओम बहादुर थापा, प्रेम थापा, महाशर्मा भण्डारी लगायतले चार रोपनी जग्गा दिएका थिए । बसपार्क करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । बसपार्कमा बन्न सुरु गरेको भवन अझै पुरा नहुनु, २० बर्षसम्म पनि बसपार्क व्यवस्थित हुन नसक्नु दुखद् विषय भएको स्थानीय बताउछन् । सदरमुकामकै बसपार्क जस्तो संबेदनशिल क्षेत्रमा राज्यको ध्यान नजानु दुखद पक्ष रहेको बसपार्कका स्थानीयको भनाई छ । जथाभावी पार्किङ्ग, ग्यारेज र यात्रुको फोहोरले बसपार्क दैनिक प्रदुषित बन्दै छ । पहिले शहरी विकास तथा भवन डिविजन कार्यालय कार्यालय पाल्पा मातहतमा रहेको भवन अहिले शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाई, रुपन्देही मातहतमा छ । निर्माणाधिन भवनमा शैचालय, प्रहरी बिट, टिकट काउन्टर लगायतका कोठाहरुको डिजाइन गरिएको छ । भवनको चार करोड ९१ लाखको इस्टिमेट छ ।

तर अहिलेसम्म ६० लाखको मात्र काम भएको छ । सरकारी निकायबाट भएको ढिलासुस्तीका कारण निर्माण कार्य पुरा गर्न नसकेर अलपत्र परेको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले बताए । ०७४ को वैशाखमा तीन करोडको टेन्डर आह्वान भयो । तर शहरी विकासले मूल्याकंन गरिदिएन । जसले गर्दा विनियोजित रकम पनि कार्यान्वयन हुन सकेन । अलपत्र भवनलाई निर्मँणमा निरन्तरता दिएर पुरा गर्न नगरपालिकाले आग्रह गरेको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले बताए । अलपत्र भवनलाई आउदो बैशाखसम्ममा सबै काम पुरा गर्ने गरि भवन डिभिजनलाई ताकेता दिएको मेयर भुसालले बताए । पटक–पटक विनियोजन गरेको बजेटबाट काम नभएपछि निर्माण भएको भवन पैवाको रुपमा आश्रय स्थल बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।