१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

नेपालमै बसेर भए भर्ती

नेपालमा बेलायती गोर्खाली सैनिकका साथ बेन । तस्वीर : डेली मेल

कार्तिक २,

विश्व चलचित्रजगतमा ‘मिस्टर बीन’ उपनामले चर्चित हास्यकलाकार रोवान एटकिन्सनका छोरा बेन एटकिन्सन बेलायती गोर्खा सैनिकमा भर्ती भएका छन् । गोर्खाली सेनामा भर्नाको प्रक्रिया पूरा गर्न बेनले तीन महीनाजति नेपालमा बिताएका थिए ।२६ वर्षीय बेनले नेपालमा १० साताजति भर्ना प्रक्रिया, नेपाली संस्कृति र भाषाको अध्ययन गरेको पनि बताइएको छ । गोर्खाली सेनाका लागि नेपाली संस्कृति पनि जान्न जरुरी भएको भन्दै उनी नेपाल आएको बताइएको छ ।

भर्ती उत्तीर्ण हुँदै बेन ।

बेलायती पत्रिका डेली मेलका अनुसार, बुबा रोवानजस्तै देखिने बेन स्थानीय युवतीहरू रिझाउन पनि अभिलाषी देखिन्थे ।गोर्खा ब्रिगेड एशोसिएसनको न्यूजलेटर उद्धृत गर्दै पत्रिकाले बेनले अचम्मै पार्ने हिसाबले नेपाली भाषा छिट्टै सिकेको बताएको छ ।‘सायद उनले यसअघि नै अरेबिक र स्पेनिश भाषा सिकेकाले पनि हुनुपर्छ, नेपाली बोलिचालिका भाषा उनले छिट्टै टिपे”, पत्रिकाले लेखेको छ ।भाषासँगै बेनले नेपाली लोक गीत र लोक नृत्य पनि सिकेको बताइएको छ । त्यसमा पनि ‘उड्यो, बस्यो’ स्टेपका लोकनृत्यमा उनले चाँडै पछ्याएका थिए । बेन रोवान र सुनेत्रा शास्त्रीका छोरा हुन् । २४ वर्ष साथै रहेका यी दम्पतीको चार वर्ष अघि सम्बन्धविच्छेद भइसकेको छ ।-हिमाल खबर

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य