काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री एवं सभापति पदका उम्मेदवार शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।
दोस्रो चरणको मतदान हुनुअघि लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले आयोजना गरेको कार्यक्रममा पुगेका देउवाविरुद्ध पौडेलका कार्यकर्ता नाराबाजी गरेका हुन् । कार्यक्रममा कक्षमा देउवा प्रवेश गर्ने बित्तिकै कार्यकर्ताले चर्को नारबाजी गरेका हुन् । यसअघि शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै पौडेलविरुद्ध कार्यकर्ताले होहल्ला गरेका थिए ।
प्रतिक्रिया