२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

कार्तिक २ ,

Advertisement

बुटवल । प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश राजधानीको विषय राजनीतिक विषय भएका कारण त्यसको टुङगो पनि राजनीतिक रुपमा लाग्ने बताएका छन् । उनले राजधानीको विषय पेचीलो बनेको बताउदै यसलाई प्राविधिक विषय जसरी समाधान गर्नु पर्दछ भन्ने मनोविज्ञान बनाउन नहुने जिकिर गरे । शनिवार रोटरी क्लब अफ बुटवलको नियमित १२८१ औं बैठकमा मुख्य बक्ताका रुपमा बोल्दै सभामुख घर्तीले सो कुरा बताएका हुन ।

उनले संघियताको कार्यान्वयन भनेको केन्द्रीकृत मानसिकताका अन्त्य र विकेन्द्रीत अधिकार र अवसरको सिर्जना भएको उल्लेख गर्दै सिंहदवारले हामीलाई दिन नसकेको अपन्त्व फेरी हामीले तोक्ने राजधानीले दिन नसक्ने हो भने राजनीतिक परिवर्तनको कुनै औचित्य नहुने बताए । सभामुख घर्तीले राजधानीका विषयमा बाहिर आउने गरेका कुरा र वहसप्रति असन्तुष्टि व्यक्त गर्दै हामीले राजधानी कहा बनाउने भनेर होइन कस्तो बनाउने भन्नेमा केन्द्रीत हुनु पर्ने सुझाव दिए । थियो । घर्तीले भने – राजधानी बनाउने भनेको नयाँ शहर बनाउने हो, क्षेत्रीय विचारको विकास गर्ने र जनतालाई भ्रममा पार्ने काम होइन । त्यसले राम्रो परिणाम ल्याउदैन । त्यस अवसरमा उनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङगो लगाउन सुझाव लिने र प्राविधिक पाटोको अध्ययन गर्ने काम सकिएको हुदा आगामी अधिवेशनबाट संबैधानिक प्रक्रिया अनुसार अगाडी बढ्ने जानकारी भएको बताए । सभामुख घर्तीले संघीयताप्रति पछिल्लो समयमा जनतामा निराशा बढेकोप्रति राजनीतिक नेतृत्व सचेत बन्नु पर्ने बताउदै राजनीतिक परिर्वतन सजिलो भएपनि सत्ता परिर्वतनसंगै पुरानो संस्कार र संस्कृति परिर्वतन गर्न गाह्रो हुने हुदा केही अन्यौलता देखिएको जिकिर गरे ।

तीन तहवीच आपसी समझदारी र सहकार्यमा मात्र संघीयता कार्यान्वयन हुन्छ भन्दै सभामुख घर्तीले प्रदेश सरकार संघीयता कार्यान्वयन गर्ने मुख्य कडी भएको बताए । उनले रोटरी जस्ता सामाजिक संघसंस्थाहरु सामाजिक संस्कार परिर्वतन गर्न र शिक्षा, स्वाश्थ्य लगायतका क्षेत्रमा उपश्थिती जनाउन आग्रह गरे । क्लबका कार्यबहाक अध्यक्ष रोटरियन बालकृष्ण पौडेलको अध्यक्षता, रो. मणीरत्न पाण्डेको स्वागतमा भएको कार्यक्रम सञ्चालन क्लबका सचिव रोमनाथ शर्माले गरेका थिए ।सो अवसरमा भरखरै सम्पन्न रुपन्देही उद्योग सघको निर्वाचनबाट निर्वाचित रोटरी क्लबका सदस्यहरुलाई संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेल, द्वितिय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव जिवकान्त काफ्ले, कोषाध्यक्ष हरि बहादुर खत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रममा रो. अजयमान श्रेष्ठ, रो. खेम पुन, रो. नारायण पन्थ, रो. राजेन्द्र बहादुर जिसी लगायतले सभामुखसंग विभिन्न जिज्ञाशा राखेका थिए । कार्यक्रममा रो. लोकनाथ उपाध्यायले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए