९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

कार्तिक २,
काठमाडौँ ।मेट्रो रेलको टिकटको मूल्य बढाइएको विरोधमा भएका प्रदर्शनहरू हिंसात्मक बनेपछि चिलीको राजधानी स्याटीएगोमा सङ्कटकाल घोषणा गरिएको छ। प्रदर्शनकारीहरू धेरैजसो माध्यमिक तह र विश्वविद्यालयका विद्यार्थीहरू थिए। प्रदर्शनकारीले कैयौँ भूमिगत रेल स्टेशनहरूमा आक्रमण गरेका, आगो लगाइदिएका र ट्राफिक अवरुद्ध पारिदिएका थिए। जसका कारण ठूलो क्षति पुगेको र हजारौँ यात्रुहरूले सवारी साधन पाउन नसकेको बताइएको छ। टेलिभिजनमा प्रसारित दृष्यहरूमा प्रदर्शनकारीले ढुङ्गा हानेको, प्रहरी वाहनमा आक्रमण गरेको र कम्तीमा एउटा बस जलाइदिएको देखाइएको छ।

Advertisement

दङ्गा नियन्त्रक प्रहरीले कैयौँ दिनदेखि मूल्यवृद्धिको विरोध गर्दै आएका केही प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र लाठी प्रयोग गरेका थिए। यो प्रदर्शनले देशमा रहेको गहिरो विभाजन बाहिर ल्याइदिएको ठानिएको छ। चिली ल्याटिन अमेरिकाको धनी राष्ट्रमध्ये एक भएपनि यहाँ धनी र गरिबबीच ठूलो असमानता रहेको छ। खासगरि ६० लाख मानिस बसोबास गर्ने स्यानटियागोको महँगीबारे गुनासो बढ्दो थियो र आर्थिक सुधारको माग उठिरहेको थियो। टेलिभिजनमा बोल्दै राष्ट्रपति सेबास्टियन पीनेराले सार्वजनिक र व्यक्तिगत सम्पत्ति सुरक्षा गर्न र कानुनको शासन कायम राख्न सङ्कटकाल लगाउनुपरेको बताए।

सङ्कटकाल लगाएपछि मानिसहरूको स्वतन्त्र आवागमन र भेला हुने अधिकार कटौती हुन सक्छन्। उनले सरकारले भाडा बढेर मर्कामा परेकाहरूसँग वार्ताका लागि आह्वान गरिने बताए। यो महिनाको सुरुतिर सरकारले उच्च आवतजावत हुने समयमा इन्धनको मूल्य बढेको र मुद्राको मूल्य घटेका कारण भाडा दर करिब १.१७ डलरले बढाएको थियो। रेडियो एग्रीकल्चरसँग बोल्दै राष्ट्रपति पीनेराले भनेका थिए, “प्रदर्शन गर्नु एउटा कुरा हो तर तोडफोड गर्नु प्रदर्शन होइन अपराध हो।”कति मानिसलाई गिरफ्तार गरिएको छ वा कति घाइते भएका छन् भन्ने सार्वजनिक भइसकेको छैन विरोध भएपनि अधिकारीहरूले भाडा बढाउने निर्णय फिर्ता नलिने बताएका छन्।

शुक्रवारको विरोधपछि मेट्रोका अधिकारीहरूले सबै रेल लाइनहरू कम्तीमा दुई दिन बन्द रहने बताएका छन्। मेट्रो रेल प्रणालीमा भएको तोडफोड मर्मत नगरी सुरक्षित रूपमा रेल चलाउन नसकिने अधिकारीहरूले बताएका छन्। करिब सात लाख डलर बराबरको क्षति पुगेको बताइएको छ। १४० किलोमिटर लम्बाइ भएको र १३६ वटा स्टेशन भएको स्यानटियागोको भूमिगत रेल प्रणाली ल्याटिन अमेरिकाको सबभन्दा आधुनिकमध्ये मानिन्थ्यो। -बिबिसी

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन