२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

कार्तिक २,

Advertisement

बुटवल। सैनामैना नगरपालिकामा अतिथिलाई लगाउने खाँदा विस्थापित गर्न फूलखेती शुरु गरिएको छ। खासगरी नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती शुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन्। ‘हामीले माला उत्पादन गरेर खाँदा विस्थापित मात्रै गर्न सक्यौँ भने पनि ठूलो उपलब्धि हुन्छ’, पैरवी आमा समूह सैनामैनाकी अध्यक्ष सीता जिसीले भनिन्। उनले फूलखेतीका लागि मिहेनत धेरै गर्नुपर्ने अनुभव गरिएको जानकारी दिँदै फूलखेतीबाट धेरै उत्साहित भएको बताइन्।

सयपत्री फूलको खेती सैनामैना वडा नं ४ स्थित सिसौँडाँडामा गरिएको छ। सो आमा समूहले ११ कठ्ठा जग्गा भाडामा लिए पनि पाँच कठ्ठा जग्गामा मात्रै फूलखेती गरेकोे छ। उक्त आमा समूहले नगरपालिकाले प्रदान गरेको रु ५० हजार अनुदानसमेत लिएको छ। एक लाख ८० हजार रुपैयाँ फूलखेतीमा लगानी गरेको आमा समूहले सोचेजस्तो बिरुवा नभएको कारण आम्दानी कम हुने अनुमान भएको बताएको छ। आमा समूहकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले १०० देखि १५० रुपैयाँ सम्ममा माला बनाएर बेच्ने गरेको उल्लेख गर्दै स्थानीय बजारमै फूलखेती खपत हुने बताइन्।  उनले तीन वर्षका लागि ३० हजार वार्षिकरूपमा भाडा तिरेको जानकारी दिँदै  ५० प्रतिशत फूलको बिरुवा रोग लागेर खेर गएको बताइन्। 

कोषाध्यक्ष श्रेष्ठले अन्नपूर्ण एग्रोभेट, बुटवलबाट ल्याएको फूलको बीउ गुणस्तरीय नभएको उल्लेख गर्दै फूलखेतीको प्राविधिक विश्लेषण नभएको गुनासो गरिन्। त्यस्तै सैनामैना नगरपालिका–७ आमीको पुष्पाञ्जली आमा समूहले गरेको फूलखेती अधिकांश खेर गएको छ। ‘आधाभन्दा बढी फूलको बिरुवा गोडेर फालेका छौँ’, पुष्पाजञ्ली आमा समूहका उपाध्यक्ष निरु रानाले भनिन्। उनले दुई हजार रुपैयाँ वार्षिकरूपमा तिरेर जग्गा भाडामा लिएर फूलखेती गरेको जानकारी दिँदै ठिमाहा बीउ र पतेरोको ठूलो समस्या देखिएको बताइन्। नेपालीको चाड भाइटीकामा फूलको प्रयोग बढी हुने भएकाले पनि कृषकको उत्साह बढेको छ। – रासस

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार